Date
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

राहत बितरन गर्दै मानखोलामा सकृय सहयोगी युवाहरु

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
७ बैशाख २०७७, आईतवार १७:५६
in अन्य, कुराकानी, देश, पत्रपत्रिका, प्रदेश नं ५, विश्व, संघ, समाचार, समाज, स्थानीय सरकार
0
राहत बितरन गर्दै  मानखोलामा सकृय सहयोगी युवाहरु
19
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter


शंकर शर्मा – बर्दियाको बासगढीबाट ज्यादा मजदुरी गर्न कास्कीको घान्द्रुक गएका व्यक्तिहरु काम रोकिए पछि अलमलमा परे । लकडाउनको कारणले गाडिहरु पनि नचलेको, काम नगरी साहुले पैसा पनि नदिने भए पछि अब के गर्ने, कसो गर्ने भन्ने कुराले उनीहरुलाई पिरल्यो । चारैतिर कोरोना भाईरसको महामारीको त्रास छाईरहेको र संसारभर मान्छेहरु मरिरहेको खबरले उनीहरुलाई पनि त्रसिद बनाउन थाल्यो । त्यति धेरै पढाई लेखाई पनि नहुदा प्रष्ट रुपमा यो महामारीबाट कसरी बच्न सकिन्छ भन्ने कुरा पनि उनीहरुलाई कसरी थाहा होस् । जबकि ठुला ठुला देशमा पनि स्वयं डाक्टरहरु नै मरिरहेको खबरले उनीहरुलाई झन सशंकित बनाउयो । यस्तो भए पछि उनीहरु पैदलै घरतिर जाने तयारी गर्न थाले ।

केहि खानेकुरा र आआफ्ना लत्ताकपडा पोको पारेर २५ जना भन्दा बढी संख्याका ती मजदुरहरु त्यहाबाट पैदल यात्रा शुरु गरे । कहिले जंगल त कहिले खोलानाला हुदै निक्कै कष्टसहित हिंड्दा हिंड्दा उनीहरु स्यांजाको वालिंग सम्म पुग्न लागे । उनीहरुलाई लाग्यो आज वालिंग त पुगौंला, तर त्यहा खाने र वस्ने पो कसरी होला ?

उनीहरु मध्ये एक जना मजदुर प्रविन चौधरीले आफ्नो घरतिर बर्दियाका एक जना दाईलाई मोबाईलबाट सबै व्यहोरा सुनाए । उनका बर्दियामा भएका दाईले बर्दिया बासगढी कै समाजसेवी युवा होमनाथ अधिकारीलाई सुनाए । अधिकारीले अर्का सक्रिय युवा समाजसेवी तथा व्यवसायि विपिन पौडेलसग सल्लाह गरे । विपिन पौडेलले सबै कुरा खोलेर ती पैदल यात्रु मध्य एकजनाको मोबाईल नम्बर सहित फेसबुकमा हाले । त्यसपछि सहयोगको लागि समन्वय गर्ने तथा स्वयं सहयोग गर्ने व्यक्ति तथा निकायहरु सम्पर्कमा आएको विपिन पौडेल बताउछन् । गुलरियाबाट संचारकर्मी ज्योति पन्थी तथा प्रशासकीय अधिकृत अजुन सुवेदिको समन्वयकारी भुमिकाले पनि सहयोगमा झनै सजिलो भयो । त्यसपछि स्यांजाको वालिंग नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाडको सहयोगमा वालिंगमा ती पैदल यात्रुहरुको खाने र वस्ने व्यवस्था भयो ।


त्यसपछि उनीहरुलाई बिहानै नगरप्रमुख खाडको समन्वयमा स्यांग्जाकै गल्यांग सम्म नगरपालिकाको टिप्परमा छोडियो । त्यहाबाट ती मजदुरहरु फेरी पैदलै हिडेर स्यांग्जा र पाल्पाको सिमाना राम्दी सम्म पुगे । त्यहा उनीहरुलाई त्यहाको गाउपालिकाले नास्ताको व्यवस्था गरायो । त्यसपछि गनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल, प्रवक्ता लक्ष्मी अधिकारी र पाल्पाली समाज पोखराका अध्यक्ष कुल प्रसाद घिमिरे लगायतको समन्वयमा ती मजदुरहरुलाई त्यहाबाट बुटवल सम्म पुर्याउनका लागि सवारी साधनको व्यवस्था गरियो । यसमा पोखराबाट संचारकर्मी दिपक पौडेल, तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहि, स्थानीय समाजसेवी सागर महर्जन र आर्यभंज्यांगका सन्जय श्रेष्ठको पनि समन्वयकारी भुमिका र सहयोग रह्यो ।

ती मजदुरहरु बुटवल पुगेपछि त्यहि सवारीसाधनमा बर्दिया सम्म जाने मनसाय भयो । त्यसका लागि बर्दियामा भएका युवाहरुले स्थानीय पालिकाहरुमा अनुरोध गरे । तर ती पालिकाहरुले सवारीसाधनको भाडामा सहयोग गर्न नसक्ने जनाए पछि ती मजदुरहरु आफैंले थोरैधेरै रकम उठाएर सोहि सवारीसाधनमा बर्दियाको दुरी नाप्न लागे । दांगको नर्तीका वडा अध्यक्षको सहयोगमा खाना खाईवरी उनीहरु त्यहाबाट सोहि सवारीसाधनमा राती करिब १ बजे तिर बर्दियाको सिमाना मानखोला पुगे । मानखोलामा २४सै घण्टा प्रहरीको निगरानी हुने भएकोले उनीहरु राति त्यहि मानखोलाको नजिकै खुला आकासमुनि सुते ।

भोलिपल्ट विहान स्थानीय युवाहरु आएर उनीहरुलाई नास्ता तथा पानीको व्यवस्था गरियो । त्यहा चाउचाउ, भुजा, विस्कुट नास्ताको रुपमा व्यवस्था गरिएको थियो । एकछिन पछि उनीहरुको तापक्रम नाप्ने तथा स्क्रिनिंग गर्ने काम स्वास्थ्यकर्मीबाट भयो । प्रहरीले उनीहरुको सबै व्यहोरा टिपोट गर्यो । त्यस पछि सवारीसाधनको व्यवस्था गरी उनीहरुको आआफ्नो वडामा जिम्मा लगाएर छाडियो ।


यो यात्राको घटना त एउटा प्रतिनिधि घटना मात्र हो । यसरी बर्दियाबाट वा अन्य जिल्लाबाट पनि कामको शिलशिलामा विभिन्न जिल्ला तथा शहर गएर अलपत्र परेका वा समस्यामा परेका गरिब, विपन्न तथा मजदुरहरुको सेवामा यतिबेला बासगढीका केहि युवाहरु अहोरात्र सहयोगमा जुटिरहेका छन् ।


बाग्लुंग, धादिंग, सुर्खेत, काठमाण्डौं, संखुवासभा आदि ठाउहरुबाट आएका विपन्न मजदुरहरुलाई उनीहरुलाई समस्या परेकै ठाउमा सहयोगीहरुको पहिचान गरी वा स्थानीय निकायसग समन्वय गरि सहयोग जुटाउने काममा निक्कै चाखलाग्दो सकृयता देखिन्छ युवाहरुमा । उनीहरुलाई अन्य ठाउका युवा, व्यवसायी तथा निकायहरुले सहयोगमा हातेमालो गर्दा अझै हौसला मिलेको युवा समाजसेवी विपिन पौडेल बताउछन् ।

भुरीगाउका युवराज अधिकारी, बासगढीका बद्रि बराल, प्रकास पौडेल, माया पौडेल, सिजि फुड ईन्टरप्राईजेज, अपिक मिनरल वाटर ईन्डष्टिज लगायतले नास्ताहरुमा सहयोग गरेका छन् भने बासगढी नगरपालिका लगायत नीजि स्कुलहरु ज्ञानज्योति विद्यासदन, बासगढी युनाईटेड, बासगढी एकेडेमि तथा ककौराको बालज्योति र मैनापोखरको कृष्णसार विद्यानिकेतनले सवारीसाधनमा सहयोग गरिरहेका छन् ।

त्यसरी सहयोग गर्दा स्वास्थ्य सुरक्षा विधि अपनाएर नै काम गर्ने प्रयास भएको पौडेलको भनाई छ । त्यहा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि राम्रो सहभागिता र सहयोग रहेकोले काम गर्न निक्कै सजिलो भएको अर्का स्थानीय युवा समाजसेवी एकनारायण अधिकारी बताउछन् । मानखोलामा गर्नुपर्ने आवश्यक सहयोगका लागि रबिन्द्र उपाध्याय, अमृत देवकोटा लगायत विभिन्न वडाका युवा तथा युवतिहरु पनि लागिरहेको अधिकारीले जानकारी दिए ।
लकडाउन शुरु हुने शुरुका दिनहरुमा सुरक्षाकर्मीहरुलाई पानी तथा नास्ताको व्यवस्था गर्न संतोष वास्तोला, कृष्ण आचार्य लगायतका अन्य युवाहरु निक्कै सकृय भएर लागे भने क्वारेन्टीनको व्यवस्थापन तथा रेखदेखमा रेशम अधिकारी, केशव टमटा जस्ता युवाहरु खटेर लागे । र अहिले पनि ती युवाहरु मानखोलामा सकृय रुप मै लागिरहेका छन् । त्यति मात्र कहा हो र ? राजधानी काठमाण्डौं बसेर पनि विनोद आचार्य यो सहयोगको समन्वयमा साथ दिईरहेका छन् भने माल्दिव्समा रहेका सरोज चापागाई पनि निक्कै चासो राखि त्यहाबाट हुन सक्ने सहयोग र समन्वयमा लागिरहेका छन् ।


पहिला पहिला पनि बासगढीका युवाहरु विभिन्न समाजसेवामा यसरी नै सकृय भएर लागेको पाईन्छ । कुनै पनि दैवीप्रकोप होस् वा कुनै विकास निर्माण कै काम किन नहोस्, बासगढीका युवाहरु एक आपसमा मिलेर काम गरेका हुन्छन् । बासगढी मै भए पनि वा राजधानी वा अन्य जिल्ला जहा भए पनि बासगढीका युवाहरु सामाजिक काम भने पछि सहयोग गर्न तम्सिहाल्छन् । स्वदेशमा मात्र नभई प्रदेशमा भएका बासगढीका युवाहरु पनि होस्टेमा हैंसे गरिहाल्छन् ।

हुन त यहा उल्लेख गरिएका युवाहरु मात्र नभई अन्य थुप्रै युवाहरु, अन्य जिल्लाका स्थानीय सरकारहरु, विभिन्न उद्योग व्यापार संघहरु, लायन्स क्लबहरु तथा स्थानीय वासिन्दहरुले युवाहरुको काममा साथ दिएका छन् ।
युवाहरुको यो समाजसेवाको भावनालाई उच्च कदर गर्दै बर्दियाका जिल्ला समन्वय समितिका प्रमुख शंकर थारुले यस्तो सहयोग सधैं रहनेमा विश्वास व्यक्त गरे । सरकारले लागु गरेको लकडाउनको पालना गर्नुका साथै सामाजिक दुरी कायम राखि आवश्यक काम गर्न उनले समाजसेवी युवाहरुलाई अनुरोध गरेका छन् ।

बासगढीका युवाहरुको यसरी आपत विपदमा परेका जनताहरु प्रतिको सहयोगको भावना र अग्रसरतालाई अन्य क्षेत्रका युवाहरुले पनि नक्कल गरी आफ्नो समाज र राष्टको विकासमा योगदान गर्न अघि सरुन्, हाम्रो शुभकामना ।

Previous Post

कोरोेना (कोभिड–१९) रोकथाम, नियन्त्रण र व्यस्थापनका लागि समन्वय र सहकार्यलाई जोड दिइने प्रतिवद्धता व्यक्त..

Next Post

अभिनेत्री अदिती बुढाथोकी का ‘हट एण्ड बोल्ड’ तस्विरहरु ( फोटो फिचर )

Next Post
अभिनेत्री अदिती बुढाथोकी का ‘हट एण्ड बोल्ड’ तस्विरहरु ( फोटो फिचर )

अभिनेत्री अदिती बुढाथोकी का ‘हट एण्ड बोल्ड’ तस्विरहरु ( फोटो फिचर )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal