काठमाण्डौ।
स्याङ्जा सहयोग समाज साउदी अरबद्वारा प्रबर्दित आँधिखोला कृषि तथा पशुपालन फर्मको टोली ले कृषि मन्त्री घनश्याम भुषाललाई बुधबार, सिहंदरबार स्थित उनकै कार्यकक्षमा भेटघाट गरेको छ।
कम्पनी दर्ता, स्याङ्जा जिल्लामा कृषि तथा पशुपालन ब्यबसायको लागी उपयुक्त ठाँउको स्थलगत अध्यन तथा बिज्ञटोली मार्फत अध्यन गरिएका स्थानहरुमा आवश्यक परिक्षण गरि कम्पनी शुरु गर्नै स्थान निर्धारण तथा कम्पनीको पूर्ण लगानी तथा ब्यापार प्रतिबेदन तयार पार्न साउदीबाट नेपाल गएको टोलीले सोही अवसरमा मन्त्रीलाई भेटेको थियो।
भेटको क्रममा मन्त्री भुषालले प्रवासमा रहेका नेपालीहरु द्वारा घरखर्च कटाई गरेको बचतबाट यति ठुलो परियोजना गर्न लागेको निकै स्रहानिय काम रहेको भन्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए । साथै कम्पनीलाई आवश्यक पर्नै नैतिक,भौतिक तथा अन्य जस्तो सुकै सहयोग गर्न आफु तयार रहेको पनि उनले बताए ।

आँधिखोला कृषि तथा पशुपालन फर्म सबै बिदेशमा रहेका नेपालीहरुको लागी नमुना बनेर धेरै भन्दा धेरै नेपालीहरु यस्तै सोचका साथ स्वदेश फर्कने कुरामा आफु बिश्वस्त रहेको पनि मन्त्री भुषालले बताए।
उक्त भेटमा नेपाली दुतावासका नियोग उप- प्रमुख दिलिप कुमार पौडेल, आँधीखोला कृषि तथा पशुपालन फर्म तदर्थ समिती संयोजक- राजु सैयद, कोषाध्यक्ष- जेस कुमार श्रेष्ठ, सह-कोषाध्यक्ष- गोपाल पंगेनी, सचिब रोशन श्रेष्ठ तथा कृषि बिज्ञ त्रिभुवन पौडेलको संयुक्त उपस्थिती रहेको थियो।

Discussion about this post