चैत्र ७, शुक्रबार
गायक युवराज चौलागाईंको नयाँ गीत सार्वजनिक भएको छ । ‘देवतालाई भाकी’ बोलको गीत शुक्रवार गायक चौलागाईंको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
कौशिला खनालको शब्द रचना रहेको गीतमा सङ्गीत गायक चौलागाईंले नै भरेका छन् । सार्वजनिक गीतको भिडियोमा गायक चौलागाईंसँगै नायिका मेनुका प्रधान फिचर्ड छन् ।
गीतको भिडियोलाई भूषण दाहालले निर्देशन गरेका हुन् । जीवन रिजालको सिनेमेटोग्राफी रहेको भिडियो भरत रेग्मीले सम्पादन गरेका हुन् ।
चितवनमा खिचिएको भिडियोमा प्रकृति जिव जन्तु र प्रेमलाई निकै रोमाञ्चक तरिकाले प्रस्तुत गरिएको छ । गायक चौलागाईंले आफ्नो गीतको भिडियोले जनावर र प्रकृतिको रक्षाको सन्देश दिन खोजेको बताएका छन् । भिडियोमा युवराज र मेनुकाको प्रेम र बिछोड ले मन छुन्छ ।
Discussion about this post