डुडुवा गाउँपलिकामा राहत वितरण
सुनिल रेग्मी – डुडुवा गाउँपलिका वडा नम्बर ५ मा राहत वितरण गरिएको छ ।
पहिलो चरणमा १ सय २३ घर परिवार लाई राहत वितरण गरिएको हो । सामाजिक दुरि कायम गरि राहत वितरण गरिएको थियो ।

वडावासीबाट लगत संकलन गरि लकडाउनका कारण अति प्रभावित अति बिपन्न, असहायहरुलाई छनोट गरि राहत वितरण गरिएको गाउँपलिका प्रमुख नरेन्द्र चौधरीले जानकारी दिनु भयो ।
५ नंम्बरमा २ सय ६५ जनाले राहत पाउने कार्यपालिका सदस्य रिता परियारले जानकारी दिनुभयो ।

मंगलबार वडा ४ मा पनि राहत वितरण गरिने छ । एक घरपरिवारलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल,१ किलो नुन, वितरण गरिएको हो । अब अन्य वडामा पनि राहत वितरण गरिने चौधरीले जानकारी दिनु भयो ।
Discussion about this post