सामाजिक सञ्जालमा भाइरल भएकी बलात्कार पीडित युवतीलाई भेट्नका लागि प्रहरीले प्रयास गरेको भएपनि युवतीले समय नदिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पीडित युवतीसँग भेट्ने प्रयास गरेपनि उनीसँग भेटघाट हुन नपाएको हो ।


अपराध महाशाखा भनेर चिनिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बसन्त कुँवरका अनुसार प्रहरीले पीडित किशोरीलाई भेट्ने प्रयास गरिरहेको छ । तर पीडित किशोरीले भेटघाटका लागि समय नदिएकाले उनीसँग कुराकानी हुन नपाएको एसएसपी कुँवरले बताए ।

एसएसपी कुँवरले भने, ‘सामाजिक सञ्जालमा एक युवतीले आफू ८ वर्ष पहिले बलात्कृत भएको भनेर भिडियो सेयर गरेकी रहिछिन् । उक्त कुरा हाम्रो जानकारीमा आएलगत्तै हामीले यसबारे अनुसन्धान र घटनाक्रमको अध्ययन तथा विश्लेषण गरिरहेका छौँ । पहिले पीडित भनिएकी युवतीलाई भेट्नेछौँ । त्यसपछि उनसँग कुराकानी गरेर अनुसन्धान वा बाँकी काम के हुनसक्छ, हामी त्यो गर्नेछौँ ।
Discussion about this post