Date
शनि, जेष्ठ १३, २०८०
Sat, May 27, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

 ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउँदै ,सन्तोषकुमार आत्रेयको प्रमुख भूमिकामा

rabin by rabin
६ जेष्ठ २०८०, शनिबार १९:३४
in मनोञ्जन
0
 ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउँदै ,सन्तोषकुमार आत्रेयको प्रमुख भूमिकामा
3
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्ममा सन्तोषकुमार आत्रेयको प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा उनकै लेखन छ ।
उनले फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को कथाको सुरुवातका बारेमा विस्तृत कुरा खुलाएका छन् । ‘धौली’को निर्माण र प्रदर्शनको लामो समयपछि निर्माता सन्तोषकुमार आत्रेय काठमाडौंमा अर्को फिल्म ‘बालै फरर’को प्री–प्रोडक्सनमा व्यस्त थिए ।
फिल्म सुटिङमा जान तयार भइरहँदा उनले एकदिन कान्तिपुर दैनिकमा एक ४० वर्षे उद्योगपति र समाजसेवीको समवेदना विज्ञापन देखे ।
त्यो विज्ञापनले उनलाई यसरी ‘क्लिक’ गर्यो कि उनले एक महिनासम्म उनले त्यो कुरालाई दिमागमा राखे । ‘समवेदना नदेखेको भए फिल्म बन्दैन थियो । ती उद्योगी र समाजसेवीको निधनपछि परिवारमा के भएको होला, परिवारको अवस्था कस्तो छ । यस्तै घटना अन्य परिवार तथा व्यक्तिमा कति परेको होला भन्ने विषयले मलाई छोइरहयो, अनि कथा लेखें’, सन्तोष भन्छन् ।

समवेदनाको कुरा उनले निर्देशक परिच्छेद सेन, निर्माता रविन्द्रसिंह बानियाँ, निर्माता प्रचण्डमान श्रेष्ठलाई सुनाए । सबैबाट फिल्म बनाउनका लागि प्रोत्साहन पाइरहँदा प्री–प्रोडक्सनमा रहेको फिल्म ‘बालै फरर’को काम रोकियो । फिल्मको काम रोकिएपछि सन्तोष पोखरा आए ।


सन्तोषले एक महिनासम्म कथा लेखेनन्, उनले त्यो कथा सम्झिएर हिँडिरहे । उनले त्यसलाई कतै टिपेनन् । उनी पोखरा आएपछि मात्र ड्राफ्ट तयार पार्न लागे । उनलाई फिल्मको पहिलो र दोस्रो ड्राफ्ट ३ महिनामा र फाइनल ड्राफ्ट ५ महिनाको समय लाग्यो ।
‘पोखरा आएपछि मैले शम्भु थापालाई फिल्मको पहिलो ड्राफट सुनाएँ । त्यसपछि नेत्र गुरुङ, शम्भु थापा र म बस्यौं । सातौं ड्राफ्ट बनाएपछि नीर शाह र तेज गिरीलाई दियौं । उहाँहरुले पनि राम्रो सुझाव दिनु भएपछि हामी फिल्म बनाउने निश्कर्षमा पुग्यौं’, सन्तोष सम्झन्छन् ।
सन्तोष फिल्मका केही दृश्य समाजका वास्तविक दृश्य रहेको दाबी गर्छन् । ‘श्रीमान विदेश गएपछि श्रीमतिले भोग्ने पीडा हामीले समाजमा फरक रुपमा देखेका छौं । त्यही फरकपनको केही पाटो यो फिल्ममा छ’सन्तोष भन्छन् ।
उनको बुझाईमा फिल्मले पढेलेखेका व्यक्तिहरुले नै समाजलाई बुझ्न नसकेको कथालाई पनि छोएको छ । ‘उनीहरुले समाजलाई अत्यन्त सतही र समाजको आर्थिक व्यवस्थालाई पनि निरिक्षण गर्छन् । श्रमिकहरुले पैसाको महत्वलाई बुझ्दैनन् । यी कुरालाई पनि फिल्ममा उठान गरिएको छ’, सन्तोषको बुझाई छ ।
फिल्ममा सन्तोषले नै अभिनय गरेका छन् । उनले स्क्रिप्ट लेखिरहँदा त्यो चरित्रमा आफूले नै अभिनय गर्छु भन्ने सोचेका थिएनन् । अवस्था त्यस्तै बन्यो । उनले आफूले चिनेको एक कलाकारलाई पनि प्रस्ताव नगरेका होइनन् । तर फिल्मकै सदस्यहरुले सन्तोषलाई नै हौसला दिएपछि उनी पछि परेनन् । सन्तोषले २०५२ सालमा हाल दिवंगत निर्देशक प्रताप सुब्बाबाट अभिनय सिकेका थिए ।

Previous Post

१४ वर्ष पछि सार्वजनिक भयो 'तिमीले साथ'को आधिकारिक भिडियो ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal