Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

शिरीष को फुल इटहरी पुर्व लाई मा, रुखको कथाले के छोला?

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
७ जेष्ठ २०७७, बुधबार १८:२२
in अन्य, कुराकानी, देश, पत्रपत्रिका, फोटो फिचर, मनोञ्जन, समाचार
0
शिरीष को फुल इटहरी पुर्व लाई मा,  रुखको कथाले के छोला?
102
SHARES
445
VIEWS
Share on FacebookShare on Twitter

मान्छेलाई मान्छेकै कथाले त छुदैन । रुखको कथाले के छोला? तर मनले मानेन । दुईतिन देखि दिमागदुख्न थालेको थियो ।

घरी घरी त्यो रुखको दृष्य मेरो दिमागहुँदै मन सम्मपुग्थ्यो । मझसंग हुन्थेँ ।
ढकमक्क फूलेको फूलमाआकर्षीत नहुने को होला र ?फक्रेको रातो गुलाब, बाटोमा हिड्दै गरेकी सुन्दर केटीमा आँखानलगाउने को होला?यो त प्रकृतिको नियम नै हो ।

यो त अझ ढकमक्क फूलेको छ । पातभन्दा धेरै त फूलै छन् ।अझभनौ पातै देखिदैन, फूलैफूल । रातो फूलले ढाकिएको, हेर्दै मनमोक, देख्ने वित्तिकै अँगालोमा बेरुँ झैँ हुन्छ,त्यहाँपुग्ने,जो कोहीलाई। अंगालोमा बेर्नै नसके पनि त्यसैमा सर्मप्रितभएर फोटोमा कैद गर्नेहरुको प्रतिस्पर्धा नै चलेको छ । क्यामराको कला प्रस्तुतगर्दै त्यसलाई कैद गर्दै सामाजिक संजालमा सजाउनेको कमी छैन अहिले । सक्नेले डि एस एलआर क्यामेरा, नहुनेलाईमोबाईलै काफी छ । तर फोटो चाँहीखिचेकै छन् । यसरी फोटो खिच्ने, फेसबुकमाहाल्ने लहर नै चलेको छ ।
‘मानौ यहाँफोटो नखिच्दा इटहरीकै भईदैन । लु अव इटहरीको भैयो है । ’
‘उनलाई मन परेको फूल’
‘कस्तो देखिएकी छु ।’
‘हाम्रो इटहरी फूलैफूलको इटहरी’
यो रुखले लकडाउन तोड्न बाध्यबनायो ’
…………………..यस्तै यस्तै लेखेर फेसबुकहरु भरिएका छन् ।

जुनदिन फेसबुक खोलेर हेर्छु, कसै न कसैले ‘मैले पनिफोटो खिचेँ है’भन्दै त्यहि ठाउँ र त्यहिफूलेको शिरिसको रुखसँगकोफोटो हालेको देख्छु ।

तर मलाई चाँहीअचम्मलागि रहेको छ । आखिर के छ त्यो रुखमा । मरिहत्ते गर्दैफोटो खिचेर हाल्नुपर्ने । एउटा फूलेको रुख न हो त्यो । के छ र त्यसको कथा । मान्छे पनि बेकारका । लकडाउन छ ।समयखाली छ । मन बराल्ने काम । बस त्यतिहो, अरु केहिहोईन ।

कि केही छ त्यो रुखमा?कुनै कथा?कुनै इतिहास ? समाजको दर्पण ?मनमाप्रश्नचाँही उठि रहेको छ ।
रुखको पनिकथा हुन्छ ?होलाकतै ?कुनै साहित्यकारले लेखेकाहोलान् ।भने पछियसको पनिकथाहोलानी? के होला र ? खै ?

‘एउटा भाईरल सेलिब्रेटि रुख’
स्थान : इटहरी उपमहानगरपालिका अगाडि, पूर्वपश्चिम राजमार्गको सडक किनारा ।
लहरै उभिएकाअशोकका रुखहरु वीचमाउभिएको पोलमाजिली र गाँठी झै जेलिएकातारहरुलाई उछिन्दै, पन्छाउँदै ढकमक्क फूलेको एउटा रुख ।

रुखको नाम : शिरिस ।

फूलेको फूल :शिरिसको फूल ।

कुन जातको ?

खै ?फोटो देखाएर बोटानिकल पढ्दै गरेका साथीलाई सोध्नुपर्छ । कसो नभन्लान ।

कसले रोपेको ?किन रोपेको ?, त्यो त थाहा छैन ।
अम् कति बर्षको ?त्योपनिथाहा छैन ।

कुनै विषय वस्तुथाहानभएकाको पनिकुनै कथा हुन्छ ?अँहँ, त्यो हुनै सक्दैन् ।केही त होलानीयसकाबारेमा?
छ नीकिननहुनु ।

यसको उमेर ? खै ? यसै भन्न सक्दिन ।
यो शिरिसको रुख म भन्दा जेठो पक्कै हो ।नहुनपनि सक्छ, ग्यारेन्टी छैन ।तर मैले थाहापाउँदात्यो त्यहिँथियो । तर सानो थियो । आजवयस्कभएको छ । ढकमक्क फूलेको छ ।सबैलाई आफनो वरिपरी घुमाउने भएको छ । आफ्नाबारेमा कुरा गराउने भएको छ । कुरा काटिने भएको छ ।उसका अघि सबै झुम्मिनथालेका छन् । उसलाई मानिसहरुले आफ्नो बनाउँदै सजाउनथालेका छन् । उसँगै सेल्फीहान्नथालेका छन। टिकटकबनाउनथालेका छन् । एक हिसाबले भन्दा उ सेलिब्रेटि बनेको छ ।भाईरल बनेको छ ।सामाजिक सञ्जालमा ।

उसका आफन्त, परिवार छन् ?

किन नहुनु, थिए । इटहरीमाशिरिसको रुख नहुने पनि कुरा हुन्छ ?
नामै छ हरित नगरी इटहरी । त्यस्तो पनिप्रश्न हुन्छ ।

इटहरीमा रुख विरुवा त कतिकति । अरु रुख, विरुवाका जस्तै यो शिरिसकापनि साखा सन्तान, पितापुर्खा थिएहोला ।
कति थिए?कहाँकहाँथिएत्यो चाँही सोचेरै भन्नुपर्छ । पुराना रैथानेलाई सबै थाहा छ । धेरै वटा शिरिसका रुख इटहरीमा थिए, त्यति त मलाई पनिथाहा छ । म पनि यहाँको रैथाने । भूमिपुत्र, हाम्रो मेयर साव जस्तै ।
इटहरी नगरपालिका वरिपरी पनि निकै थिए । तर अहिले २ वा ३ वटा होलान । धन्नले बाँचेका । पुलिस थाना अगाडि पनि यस्तै शिरिसको रुख थियो । अलि पर पश्चिमलाईन टेम्पो स्टेण्डमा पनिथियो ।

इटहरीमा विभिन्नजात र थरीका धेरै रुख विरुवा,फूलका रुखहरु थिए ।सडककाविरुवाहरु फूल्दा इटहरी ढकमक्क फूलेको बगैँचाहुन्थ्यो । इटहरी बासी बगैँचाकामाली । यहि सोचेर सर्वध्वज साँवा, रेवतिरमण भण्डारी (तत्कालिन मेयर उपमेयर)हरुले नारा नै बनाईदिए । हरित नगरी इटहरी……… ।
तर अहिले? इटहरी कंक्रिटको शहर ।यहाँ रुख हैन घर रोपिन्छ, ।
ओ हो…….

त्यसो भएकहाँगए त त्यत्रा रुख ?
काटिए ।भाँचिए । तछारिए ।उखेलिए र फालिए ।
किन?

बुढो भयो रे ?हाँगाकमला हुन्छन् ? मान्छेलाई किच्छ रे ? सडक साँघुरो बनायो? यस्तै बाहनाबनाएर नगरपालिकाले काटिदियो । हाँगाहरु भाँचिदिईयो । जेसिबीलगाएर हाँगाहरु परक्क बटारेर भाँचिदिए । इटहरी साँघुरो भयो रे ?अवखुल्ला फराकिलो बनाउने भन्दै थिए, जनप्रतिनिधिहरु ?
वाह् अव इटहरी रुख काटेर खुल्ला हुन्छ ?जनप्रतिनिधिहरुको कल्पना र तर्क त मान्नै पर्छ ?माने हजुर, माने । क्यातर्क छ ?

एउटै फूलेको शिरिसको रुख भाईरल ? सेलिब्रेटि रुख ?
यस्ता पनिजमानाआए ।
हुँदो रहेछअब । अरु छैन । भएका एक दुई होलान । तर अरु फूलेका छैनन् । त्यहि एउटा फूलेको छ । मान्छेहरु त्यसैमाझुम्मीएका छन् । सबैलाई यसैले खुसीदिएको । मोहितबनाएको छ ।दौडदै आएकामानिसहरु ।हतार हतार फोटो खिचेर फेरी दौडेका छन् । लकडाउन तोडेरै मानिसहरु नगरपालिका छेउ उसैलाई भेट्न पुगेका छन । अनिभएनत सेलिब्रेटि ।

फोटो चाँही कस कसले खिचे त यहाँ?

सबैले खिचेका छन् ।बाटो हिड्ने बटुवा देखीयहिँका रैथाने ।युवा देखी वृद्ध । नेता देखीकार्यकता । पुलिस देखि पत्रकार सबैले खिचेका छन् । कवि ,कलाकार, साहित्यकार सबैले यहाँफोटोखिचेका छन् । हालेका छ्न फेसबुकमा । प्रेमिलजोडि देखि नवविवाहजोडि सम्मले यहाँआएर योफूलेकोशिरिसलाई साक्षी राख्दै फोटो खिचेका छन् ।
फेसबुकमा हेरेर मन दुःखाउनेहरु भोली नै खिचेर हाल्छुभन्दै उसैलाईकल्पेका छन ।
यहिफूलेको शिरिसकालागि सरकार विरोधीभएका छन् । लकडाउनतोडिएको छ । फोटो खिच्नै लकडाउन उलंघन हुँदैछ यहाँ ।

कुनै दिनहाम्रा मेयर, उपमेयरले पनिफोटो खिच्लान । खिचिपो सके की । सेलिब्रेटिहरु पनिआएर फोटो खिच्ने फूलेको शिरिस ।
अनिभएनत सेलिब्रेटि ।

धेरै हुँदात्यसको भाउहुन्न । यो फूलेको शिरिस पनित्यस्तै हो । यहाँ धेरै फूलेकाशिरिस हुन्थे भने त्यसको भाउअहिले जस्तो हुँदैनथ्यो होला ।

तर एउटै फूलेको शिरिसको त यहाँयत्रो महत्व छ । शिरिसको बगैँचा नै भए कस्तो हुन्थ्यो होला ।
वाह् मनले कल्पदै आनन्दआउँछ ।एकछिन कल्पनै गरौँ । लकडाउन छ ।त्यत्रो हतार के पो छ र ।तपाई सोच्नुस् यस्तै ढकमक्क फूलेकाशिरिसहरु सडकको दायाँवायाँभए कस्तो देखिएला, इटहरी । तपाईले जहाँजुन ठाउँबाटपनि सेल्फीहाने हुन्छ ।

डेटिङ्ग गर्दै प्रेमि प्रेमिकालेआह्हा इटहरी भन्दै सेल्फीहान्नआकाशे पुलपुग्नै पर्थेन ।पर्खनै पर्थेन । सडक नै काफीहुन्थ्यो ।सांसद सर्वध्वज साँवालाईपनिआकाशे पुलेको तनावै दुर ।

माथीतालतलैयामाअमलाको जंगल जस्तै विभिन्न राता,निला, गुलावीफूलफूल्ने शिरिसको ठुलो बगैँचाभए ।त्यहि बगैँचामाकविहरु मनुमन्जिल,बद्रि भिकारी, देवानकिराती, हेमन यात्रीले कविता लेख्न पाए । कस्तो कविता सृजनाहुन्थ्यो होला । मनुमन्जिलले यसपालिदुस्मन हैन, दोस्तीकोकविताफुथ्र्यो कि ।

त्यहिकवितालाई कलाकार सोनु जयन्तिले नाटकमा रुपान्तरण गर्दा हेर्न लायक त पक्कै हुन्थ्यो ।
………. ए एएक छिन एक छिन, ब्रेकलगाऔँ होला ।लक डाउन छ । खाली समय छ भन्दैमा धेरै पर सम्मपुग्नु पनि राम्रो हुँदैन ।

अघिल्लो बर्ष, साँघुरो सडक फराकिलो बनाउने अभियानबाट धन्नले बाँचेको यहि एउटा शिरिसको रुख आउने बर्ष पुन काटिने पो हो कि । संका नै छ । भूमिपत्र, विद्वानजनप्रतिनिधिहरुको सडक फराकिलो बनाउने, सम्बृद्धिको अभियानजो चलेको छ ।

अर्को बर्ष पनि यहि रुख बाँचेछ भने । भाईरल सेलिब्रेटि फूलेको शिरिसको बाँकीकथा पुरा होला ।अहिलेलाई यत्ति।
हामीले यो लेख्क सज्चारपाटि ड्ट्कम देखि साभार गरेको

Previous Post

गायक प्रकाश सपुत को घरमै प्रहरी ? लकडाउनले सम्झायो धरातल | लेखे स्टाटस (भिडियो सहित)

Next Post

वीरगन्जको चित्रलेखा स्टुडियोमा यौन धन्दा, सञ्चालक प्रजापतीसहित पाँच पक्राउ (भिडियो सहित)

Next Post
वीरगन्जको चित्रलेखा स्टुडियोमा यौन धन्दा, सञ्चालक प्रजापतीसहित पाँच पक्राउ (भिडियो सहित)

वीरगन्जको चित्रलेखा स्टुडियोमा यौन धन्दा, सञ्चालक प्रजापतीसहित पाँच पक्राउ (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal