गजल : सबै तिमी हाै
आँखाहरु चिम्म गर्दा पनि सधैं आउने तिमी हौ ।
यी आँखाहरु चिम्म गर्दा पनि सधैं आउने तिमी हौ ।
एकान्तमा टाढा एक्लै हराएर बस्दा कहिलेकाही
सुटुक्क मेराे मन भित्र गुनगुनाई गाउने तिमी हौ ।
याे मरुभूमि भित्र भौतारिदै निसासिएकाे बेला ।
बालुवाका यी कण कणमा मैले पाउने तिमी हौ ।
जिन्दगीकाे हरेक उकाली ओरालीका दुखाईहरुमा
थाकेर दुखेको हृदयलाई मलम लाउने तिमी हौ ।
सम्झनाले जिउन सिकाउछ भन्छन मानिसलाई
त्यसैले त याे संसारमा बचाई हिडाउने तिमी हौ ।
नमराज लामिछाने
१७ जनवरी २०२०?
Namaraj Lamichhane || गजल- “सबै तिमी हाै” || Lal ENTERTAINMENT || पुरा भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् :- ?️?️?️?️
Discussion about this post