मनोज दाहाल | आउदै गरेको स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस इटहरीले आफ्ना गतिविधि बढाएको छ । टोल समिति गठन प्रकृयालाई अन्तिम चरणमा पुर्याएको नेपाली कांग्रेस इटहरी उपमहानगर वडा २ ले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस सुनसरी जिल्ला उप-शभापति नगेश चन्द्र राईको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका महादेवेशन प्रतिनिधि रमेश पोखरेलले प्रशिक्षण दिएका थिए । प्रमुख प्रशिक्षकका रुपमा आएका पोखरेलले नेपाली कांग्रेसको इतिहास केलाएका थिए ।

उनले नेपाली कांग्रेसको स्थापना,नेपाली कांग्रेसले स्थापित गरेको नारा,नेपाली कांग्रेसको झण्डामा चार तारा र रुख राखिनुको उद्देश्य लगायतका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस सुनसरी जिल्ला उपशभापति नगेश चन्द्र राइले नेपाली जनतामा भएको मिलिनयम च्यालेन्ज कम्प्याक्ट ( एमसीसी) को भ्रम चिर्नु आवस्यक रहेको बताए । एमसीसी नेपाल र नेपालीको हितमा रहेको उल्लेख गर्दै नेपाली जनतामा भ्रम सृजना गरेर द्धन्द निम्त्याउने कार्यमा विकासबिरोधीहरु लागि परेको उपशभापति राइको भनाई थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस इटहरी नगर शभापति हेमकर्ण पौडेलले इटहरीमा नेपाली कांग्रेसलाई विजय गराउन वडा कमिटिदेखि नै एक ढिक्का भएर अघि बढ्नुको बिकल्प नरहेको उल्लेख गरे ।

उनले व्यक्तिको पछि नलागि नेपाली कांग्रेस भएर अघि बढ्न आग्रह गरे । यता नेपाली कांग्रेस इटहरीका पुर्व नगर सभापति फुलराज सुवेदीले जनतामा भएको ( एमसीसी) को भ्रम चिर्ने कार्यमा वडा समितिको महत्वपूर्ण भुमिका रहेको औल्याए । उनले इतिहासमा नेपाली कांग्रेसले गरेका उदाहरणीय ल कामहरुको स्मरण गराउदै मिलिनयम च्यालेन्ज कम्प्याक्ट ( एमसीसी) पनि नेपाली कांग्रेसको महत्वपूर्ण उपलब्धी भएको उल्लेख गरे । इटहरी वडा नम्वर २ ले हाल सम्म २९ वटा टोल कमिटी गठन गर्न सफल भएको उल्लेख गर्दै वडा २ का शभापति दिपेन्द्र घिमिरेले प्रशिक्षमा सिकेका कुराहरुलाई ब्यबहारिक बनाउदै घर घरमा जाउँ कांग्रेस जिताउँ अभियानमा लागु गर्न आग्रह गरे । इटहरी २ स्थित राजदेवि मन्दिरको शभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा करिव २५० भन्दा धेरैको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा आएका सिता नेपाल,कमला पुरी र नवराज तिम्सिनाको नेतृत्वमा आएका १० जना साथै नेकपा माओवादी केन्द्र परित्याग गरी नेपाली काग्रेसमा प्रवेश गरेका चोलानाथ अधिकारी ( गोपाल) लगायतलाई स्वागत तथा सम्मान गरिएको थियो ।
Discussion about this post