Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

साउदी अरबमा कोरोना भाइरसको संक्रमण पछि साउदी सरकारले श्रमिकका हितमा ल्याएका केही महत्वपूर्ण जानकारी सम्बन्धमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको सूचना ।

भीम बिश्वकर्मा by भीम बिश्वकर्मा
८ चैत्र २०७६, शनिबार १६:४०
in प्रवास, समाचार, स्थानीय सरकार, स्वास्थ्य
0
साउदी अरबमा कोरोना भाइरसको संक्रमण पछि साउदी सरकारले श्रमिकका हितमा ल्याएका केही महत्वपूर्ण जानकारी सम्बन्धमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा नेपाली राजदूतावासको सूचना ।
3k
SHARES
13k
VIEWS
Share on FacebookShare on Twitter

१. साउदी अरबको मानव साधन तथा सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउदी अरबको कानूनले कर्मचारी तथा कामदारहरुलाई उनीहरुको सहमति वेगर वेतलवी विदा दिन नमिल्ने जनाएको छ ।

कोरोना भाइरसको संक्रमणको परिस्थितिले कामदारहरुले नियमित तरिकाबाट काम गर्ने अवस्था नभएका कारण कम्पनी तथा फर्महरुले वैकल्पिक उपायबाट काममा लगाइ काम सम्पन्न गर्न सक्ने उल्लेख गरेको छ । यसका लागि मन्त्रालयले आवश्यक गाइडलाइनहरु तयार गरी मन्त्रालयको वेभसाइटमा राखिसकेको जनाएको छ ।

साउदी कानूनमा भएको व्यवस्था पालना गर्न सबै निजी कम्पनी तथा फर्महरुलाई साउदी सरकारले अनुरोध गरेको साउदी प्रेस एजेन्सीले उल्लेख गरेको छ । साउदी श्रम कानूनको अवज्ञा गरी कामदारको इच्छा विपरित विना पारिश्रमिक विदा बस्न वाध्य बनाइएमा सोको उजुरी स्मार्ट फोन भएकाहरूले Ma3an lil Rsd एपमा र अन्य फोन भएकाले १९९११ नम्वरमा गर्न सकिने छ ।


तसर्थ, यहांहरु कार्यरत कम्पनी वा फर्मले यहांहरूको सहमति वेगर वेतलवी विदामा राख्न खोजेको वा राखिसकेको आदि छ भने साउदी सरकारले उपलव्ध गराएको संयन्त्रमा उजुरी गर्नुहुन अनुरोध छ । यसरी यहांहरुले गरेको उजुरीको प्रति यस राजदूतावासको हटलाइन (०५५९३८९६००) मा WhatsApp गरी पठाउनुहुन अनुरोध छ । उजुरीका सम्बन्धमा राजदूतावासले यहांका सम्बन्धित कार्यालयहरुसंग समन्वय गरी समस्या समाधानको पहल गर्नेछ ।

२. साउदी सरकारले कोरोना भाइरसका कारण विभिन्न हिसाबले प्रभावित भएका रोजगारदाता तथा श्रमिकहरुका लागि केही सुविधाका कार्यक्रम ल्याएको छ ।
• साउदी सरकारले आप्रवासी कामदारको आवागमनमा रोकलगाएको मिति देखि ३ महिना सम्मको Work Visa का लागि तिरेको शुल्क रोजगारदातालाई फिर्ता दिने । तसर्थ, रोजगारदाताले कामदारबाट यो अवधिको भीसा शुल्क भनेर कुनै लिन पाउने छैनन् । यसो गरेमा रोजगारदातालाई सरकारले कार्यवाही गर्नेभएकाले कुनै रोजगारदाताले यहांहरुसंग भीसाको शुल्क लिने प्रयास गरेका छन् भने उजुरी गर्नुहोला । राहदानीमा भीसा छाप हानेको छ भने पनि यो अवधि गणना हुने छैन ।

• Exit र Re-entry भीसा लागेका तर आवागमन बन्द भएका कारण प्रयोग नभएका भीसाहरु ३ महिनाको यो अवधिका लागि विना कुनै शुल्क म्याद थप हुने छन् ।
• अकामाको अवधि सकिएका Expatriate हरुले तिर्दै आएको लेभी ३ महिनासम्मका लागि माफ गर्ने एवं अकामा निशुल्क नवीकरण हुनेछ ।

३. कोरोना भाइरसको संक्रमण साउदी अरबमा हरेक दिन बढिरहेको छ । हिजो मिति २०७६।१२।७ (२० मार्च २०२०) का दिन मात्र ७१ जना व्यक्तिमा यो संक्रमण भेटिएको छ । यस मध्ये राजधानी रियाद क्षेत्रमा मात्र ४९ जनामा संक्रमण पाइएको छ । यो संगै साउदी अरबमा यो भाइरसबाट संक्रमितहरुको संख्या ३९२ पुगेको छ ।

४. सामाजिक भेटघाट, विवाह पार्टी, मृत्युभएका स्थानका जमघट, साथिभाइका जमघट, उपभोगका सामाग्री खरीदका समय, अस्पताल र पारिवारिक जमघटहरुका समयमा यो भाइरसको संक्रमण बढी पाइएको साउदी प्रेसले जनाएको छ ।

अस्पतालका एक जना कर्मचारीमा पनि यो संक्रमण भेटिएको उल्लेख छ । तसर्थ हरेक अवस्थामा सजगता अपनाउनुहुन साउदी अरबमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा अनुरोध छ ।

साथै, कोरोना संक्रमणका यी जोखिमपूर्ण जमघटहरु नगर्न यहांहरुले नेपालमा भएका आफ्ना प्रीयजनहरु, छरछिमेक तथा साथिभाइलाई पनि सचेत गराइ कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नेपाल सरकारको व्यापक अभियानमा मद्यत गरिदिनुहुन अनुरोध छ ।

नेपाली राजदूतावास, रियाद ।
२०७६।१२।८

Previous Post

मेरो दिल छ पोखरामा को विशेष शो धरानमा सम्पन्न ।

Next Post

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बढ्न नदिन भारतसँग जोडिएका बाँकेका सम्पूर्ण नाका बन्द गरिएको छ

Next Post
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बढ्न नदिन भारतसँग जोडिएका बाँकेका सम्पूर्ण नाका बन्द गरिएको छ

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बढ्न नदिन भारतसँग जोडिएका बाँकेका सम्पूर्ण नाका बन्द गरिएको छ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal