यौटा नाङ्गो कबिता
नाङ्गै उदाउछ सुर्य आकाशमा
धर्ती ले सुर्य लाई
नाङ्गै देखेर लाज लाग्यो
भने
घुम्टो ओडेर
मात्रै उदाउछु
लाज छोपेर मात्रै
अस्ताउछु भन्यो भने
यो ब्रह्माण्ड पनि त नाङ्गो नै छ
यदि ब्रह्माण्ड ले आफ्नो लाज छोप्छु
भन्यो भने
नाङ्गो नै छ चन्द्रमा पनि
यदि चन्द्रमाले
लाजले आफ्नो मुख
लुकाउछु भन्यो भने
के गर्छ्न होला
ती नाङ्गा तारा हरु?
तिनीहरु आफ्नो लाज लुकाउछ्न
काहा?
नाङ्गै फुल्छन फुलहरु
कुनैदिन फुलहरु लाई
लाज लाग्यो भने
हावा पनि नाङ्गो छ
नाङ्गै बहि रहन
हावा ले पनि लजायो भने
कुनै दिन?
तिम्रो सोच पनि नाङ्गो छ
तिम्रो हेराइ पनि नाङ्गै छ
हे मानव!
तिम्रो सोचमा
तिम्रो हेराइ मा
जब सम्म कामुकता
रहिरने छ
तब सम्म
सबै नाङ्गै
नाङ्गै
हुनेछ
अनि म लेखिरहने छु
यौटा नाङ्गो कविता
© केदार भण्डारी
२०७७/०१/०९
०५:११
मिर्चैया
Discussion about this post