तिर्थराज ज्ञवाली
असोज ४, बडहरा(देउखुरी दाङ)
धार्मीक तथा पर्यटकीय स्थलको रुपमा रहेको कुलपानी क्षेत्रको ५ नं प्रदेशका मुख्य मन्त्रि शंकर पोख्रेलले अवलोकन गर्नुभएको छ ।
दाङको गढवा गाउपालिका वडा नं १ बडहरामा पर्ने कुलपानी क्षेत्रको विकासमा प्रदेश सरकार, स्थानिय सरकार र केन्द्र सरकारले गर्न सक्ने नयाँ योजना तथा क्रियाकलापको बारेमा अवलोकन गर्न मुख्य मन्त्रि शंकर पोख्रेलले सो क्षेत्रको अवलोकन गर्नु भएको हो ।
प्राकृतिक तथा धार्मीक दृष्टिले मनोरम र सुन्दर कुलपानी क्षेत्रको विकासमा वडहरा गाउँ तथा कुलपानी सामुदायिक समुहले हाल सम्म गरेको कामको प्रशंसा गर्दै मुख्य मन्त्रि शंकर पोख्रेलले आगामी दिनमा राज्यको तर्फवाट लगानि गरिने बताउनु भएको छ ।
गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको अनुरोधमा मुख्य मन्त्रि शंकर पोख्रेलले सो कुलपानी धार्मीक तथा पर्यटकीय स्थलको विकास तथा पर्वर्धनमा चासो बढाउनु भएको हो ।
गढवा गाउँपालिकाको धार्मीक तथा पर्यटकीय स्थलहरुमध्य सुगमतता तथा सुन्दरताको उत्कृष्टता क्षेत्रको रुपमा परिचित कुलपानी धार्मीक तथा पर्यटकीय स्थलको मुख्यमन्त्रि, मन्त्रिहरु, प्रदेश सभा सदस्य तथा नगर प्रमुख, पालिका अध्यक्षहरुले चासोका साथ विकासको लागि लागि पर्ने बताउनु भएको समुहका अध्यक्ष नमराज शर्माले बताउनु भएको छ ।
एक कार्यक्रमको आयोजनामा कुलपानी धार्मीक तथा पर्यटकीय स्थलको संरक्षण तथा विकासमा भुमिका खेलीरहेको वन समुहको तर्फवाट अध्यक्ष नवराज शर्माले मुख्यमन्त्रि शंकर पोख्रेललाई निवेदन माग पत्र समेत हस्तान्तरण गर्नु भएको छ । समुहका सल्लाहकार देवलाल यादव तथा सचिव दिलबसी विकले अवलोकनमा मुख्यमन्त्रि, मन्त्रिहरु तथा नगर प्रमुख, पालिका अध्यक्षहरुको आगमनलाई स्वागत योग्य भन्दै धन्यवाद समेत ब्यक्त गर्नु भएको थियो ।
आजै मुख्य मन्त्रि पोख्रेलले गढवाको सर्पदंश उपचार केन्द्रको उद्धाटन समेत गर्नु भएको छ ।
Discussion about this post