मंसिर १३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘लभ यू हमेशा’ को नयाँ गीत सार्वजनिक भएको छ् । ‘यो हावा किन चल्छ’ बोलको गीतमा नायक यशराज र नायिका ऋचा थापालाई फिचरिङ गरिएको छ । फिलिपिन्सको समुन्द्रमा छायान्कन गरिएको गीतमा सुधिर राई र मेलिना राइको आवाज रहेको छ् । गीतमा शब्द तथा संगीत भासुको रहेको छ् ।
प्रेमकथामा निर्माण भएको चलचित्रमा भाष्कर प्रधानको लेखन तथा निर्देशन रहेको छ् । चलचित्रमा गोपाल ढकाल, शिशिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ लगायतका कलाकारको अभिनय छ । हाल यो चलचित्र कात्तिक १५ गतेबाट दार्जिलिङ, सिलगुढी लगायतका स्थानमा प्रदर्शन भैरहेको छ ।
Discussion about this post