कोहलपुर, पौष ५
बाँकेको बैजनाथमा रहेको हिमालय विद्या निकेतनले कोहलपुरमा सम्पन्न ११ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितको उपाधी उचालेको छ । कोहलपुर क्षेत्रका संस्थागत विद्यालयहरुको छाता संगठन क्रिसाले आयोजना गरेको ११ औं रनिङ्ग शिल्ड प्रतियोगितामा हिमाल विद्यानिकेतनले लङजम्प छात्र र छात्रामा प्रथम, एक सय मिटर दौडमा छात्र तर्फ प्रथम, छात्रा तर्फ द्वितीय, एक सय ईन्टु चार मिटर दौडमा छात्रा तर्फ प्रथम, छात्र तर्फ द्वितीय र चार ईन्टु चार सय रिले दौडमा छात्र तर्फ द्वितीय हुँदै उपाधी जितेको छ ।
क्रिसाले प्रतियोगिताको प्रथमलाई मात्र यस वर्ष सम्मान गरेको छ । त्यस्तै मार्च पासमा ग्रिनपसि प्रथम, साईनिङ्ग स्टार र नमूना विद्या सदन द्वितीय र बागेश्वरी एकेडेमी तृतीय भएका छन्् । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडिका रुपमा हिमालय विद्या निकेतनका अकृश कँुवर र गोरखा यूनाईटेडकी पूर्णिमा खड््का भएकी छन्् भने विद्यालय तर्फ पञ्चमुखी माविलाई सम्मान गरिएको छ ।
साथै शनिबार सम्पन्न भलिबल मावि अन्तर्गतको छात्र तर्फ दीपज्योति मावि चिसापानी प्रथम, भेरी फ््युचर मावि द्वितीय र तक्षशिला एकेडेमी तृतीय भएको छ भने छात्रा तर्फ साईनिङ्ग स्टार मावि प्रथम, दीपज्योति विदा निकेतन द्वितीय र प्रयत्न मावि तृतीय भएको छ ।
समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले स्थानिय सरकारले खेलकुदको विकास र समृद्विका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिँदै खेलकुदका माध्यमबाट कोहलपुरलाई चिनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्् ।

कार्यक्रममा बोल्दै क्रिसाका अध्यक्ष शिव प्रसाद डाँगिले ११ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितालाई सम्पन्न गर्ने शिक्षक, अभिभावक, विद्यार्थी लगायतलाई धन्यवाद व्यक्त गर्दै क्रिसाले विद्यार्थीहरुमा लुकेर रहेको अन्र्तनिहित प्रतिभालाई बाहिर ल्याउनका लागि यस्ता कार्यक्रमहरु आयोजना गर्ने बताएका छन्् । क्रिसामा आवद्ध ३३ वटा विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
Discussion about this post