बाँकेको नेपालगन्जमा पछिल्लो २४ घण्टामै ४० वेडको आइसोलेशन अस्पताल तयार गरिएको छ ।

कोरोना भाईरस बिरुद्धको जिल्ला स्तरीय समन्वय समितिले २४ घण्टामै ४० बेडको अस्पताल तयार पारेको हो ।
नेपालगन्जस्थित खजुरा रोडमा रहेको लायन्स डेन्टल अस्पताललाई आइसोलेशन कक्षमा परिणत गरिएको हो ।

समन्वय समितिकी संयोजक उमा थापा मगरले भारतबाट आउने नागरिकहरुका कारण कोरोना संक्रमणको जोखिम बढेकाले रातारात आइसोलेशन वेड सहितको अस्पताल तयार गरीएको बताईन ।
तयार गरीएको अस्पतालमा कोरोनाको संक्रमण देखिएका बिरामीहरुलाई उपचारकालागि राखीने भएको छ ।
साभार :- Kanchulikhabar.com बाट
Discussion about this post