नेपाल एयरलाइन्सले साउदी अरबको रियादबाट यही मिति २६ जुन २०२० मा दोस्रो उडान गर्ने जानकारी प्राप्त भएको छ । उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्सको रियादस्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको छ ।
उक्त सूचि यसै सूचनामा समेत संलग्न छ । सम्पूर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ ।
१. हवाई भाडा दर: अमेरिकी डलर 465 (साउदी रियाल करिब १७४४.००)
२. हवाई टिकटको लागि नेपाल एयरलाईन्सले तोकेको Gilt Travels and Tours Pvt.Ltd. का श्री सुरेशराज त्रिपाठी, टेलिफोन नं +00966 580596140 , +00966 553101644 (Whats App)
ईमेल ठेगाना : sureshrajtripathee77@gmail.com मा सम्पर्क गर्न अनुरोध छ ।
(टिकट बुकिङ गरेपछि मात्र कोभिड-१९ टेष्ट गर्नुहोला )
३. COVID-19 को परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्नुहुन अनुरोध छ ।सो परीक्षणका लागि निम्न बमोजिम सम्पर्क गर्न सक्नुहुनेछ ।
रियाद अल कसिम
१. श्री डा. अनिरूद्र पाठक
Dhaka Medical Center, Batha
Mob. No. 0571219799
२. श्री कृष्ण भूषाल; Mob No. 0598256718
Shifa Buraidaha Medical Center, Buraidah Al Qassim
Shifa Al Rass Medical Center, Al Qassim
सम्पर्क व्यक्तिहरु:
श्री विशाल श्रेष्ठ, सम्पर्क नं 0535470253
श्री विष्णु पाण्डे, सम्पर्क नं 0581250792
परीक्षण शुल्क: SAR.100
(कोभिड-१९ परिक्षण नेगेटिभ भएको कागजात अनिवार्य रुपमा टिकटसँगै राख्नुहोला )
४. यस अघि मिति २०७७ असार ३ गते नेपाल एयरलाईन्सलाई पठाइएको पहिलो सूचिमा बाँकी रहेकाहरुले समेत टिकटका लागि एयरलाईन्सको माथिको ठेगानामा सम्पर्क गर्नुहोला ।
५. भिजिट भिषा र Re-Entry भिषाको अवधि सकिएकाले भिषा नवीकरण गर्नुहोला ।
६. यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने छ ।
७. स्वदेश फर्किने सबैजनाले विमानमा चढ्नुपुर्व कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनी कागजातमा हस्ताक्षर गर्नुपर्ने छ ।
……………………………………………………………
नेपाली राजदूतावास, रियाद,
०८ असार २०७७।
Discussion about this post