रौतहट ।बम बनाउँदै गर्दा पड्केर घाइते भएकाहरूलाई इँट्टाभट्टामा ज्युँदै पोलेर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलमले पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेका छन्।हामीले पोलिग्राफ टेस्ट गर्न उहाँको सहमति खोजेका थियौं तर उहाँले मान्नु भएनु, प्रहरी स्रोतले भन्यो ।
यसलाई भरपर्दो प्रमाण नमानिए पनि कुनै व्यक्तिले घटनाका बारेमा साँचो-झूटो के बोल्यो भन्ने पत्ता लगाउन यो प्रविधि र परीक्षणले धेरै सघाउ पुर्याउँदै आएको छ।यसैगरी उनको सरकारी वकिलसमक्षको बयान सकिएको छ। बयानका क्रममा उनले १२ वर्ष अगाडि घटेको सो घटना घट्दै नघटेको बताएका छन् ।
यसक्रममा सोधिएका सबै प्रश्नमा आलमले इन्कारी बयान दिँदै आफूले घटनामा मारिएका र जाहेरीवालाहरूलाई चिन्दै नचिन्ने बताएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
सेतोपाटीबाट साभार ।
Discussion about this post