नेपालगन्ज ६ मंसिर । जिल्लास्तरमा रहेका मानव अधिकारका विभिन्न सवाललाई पहिचान गरि पिडितलाई न्याय दिनुपर्नेमा जोड दिइएको छ । मानव अधिकारको क्षेत्र फराकिलो भेग क्षेत्र भएकाले यसभित्र पनि गहन अध्ययन गरि पहिचान भएका सवालमा वकालत गर्नुपर्ने जोड दिइएको थियो ।
पारस्परिक जावफदेहिता ः मानव अधिकार सुदृढिकरण परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपलगन्जले आयोजना गरेको मानव अधिकारको अवस्था, सवाल र पहलका विषयमा अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले मानव अधिकारको संरक्षण तथा सम्वद्र्धनमा सबैको भुमिका महत्वपुर्ण रहेको बताएका थिए । कार्यक्रममा प्रदेश नं. ५ का कृषि बन तथा बातावरण समितिका सभापति विजय बहादुर यादवले मानव अधिकार हननका घटनाहरु समाजमा भइरहेकाले यस्ता घटना निर्मुल पार्न सबैले आ—आफनो तर्फबाट लाग्नुपर्ने भन्दै ३ वटा सरकारको बिचमा समन्वयको कमी रहेको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगंजका प्रमुख चन्द्रकान्त चापागाईले मानव अधिकारका बिषयमा सम्बोधन गर्नका लागी सबैले साझा अभियानका रुपमा लिनुपर्ने र यस बिषयमा सबै पक्ष बिच नियमित रुपमा छलफल, गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल बार एशोसिएशनका बरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठले नेपालका ऐन कानुनहरु उत्कृष्ट नै भएता पनि कार्यान्वयन प्रक्रियामा चुनौती रहेको भन्दै जवसम्म सोच र दृष्टिकोण परिस्कृत हुदैन तबसम्म पिडितले न्याय नपाउने बताउनुभयो ।

सुकुम्वासी अभियन्ता रेशम गिरिले राज्य संयन्त्र र अधिकारकर्मीले सुकुम्वासी व्यवस्थापन गराउन, सत्य निरुपण आयोगलाई क्रियाशिल बनाउन, वेपत्ताहरुको खोजतलास जस्ता सवाललाई उठान गर्नुपर्नेमा जोड दिनुभयो । बर्दिया बढैयाताल गांउपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले नेपालको उत्कृष्ट संबिधान भएका र पितृसतात्मक समाज र संस्कृतिक परम्पराले कानुनको कार्यन्वयनमा समस्या देखिएको बताउनुभयो ।

कार्यक्रममा डुडुवा गाउँपालिकाका कार्यबाहक अध्यक्ष शाहिदा बानो, नेपाल बार उच्च अदालत नेपालगन्जका अध्यक्ष विकास आचार्य, जिल्ला बारका अध्यक्ष मोहमद अयुब सिद्वीकी, कानून व्यवसायी प्रहलाद बहादुर कार्की, अधिकारकर्मी मोहम्द शेर बागवान, भोला महत, रुवी खान, कृष्णा पाण्डे, सुरेन्द्र कार्की शोभा विसी, पत्रकार निरज गौतम, जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी नायब उपरिक्षक शिब बहादुर सिहं लगायतले मानव अधिकारका सवालमा आ आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा एफ एच आई घटण् का मानव अधिकार सल्लाहकार सन्तोष सिग्देलले राष्टिय स्तरमा मानवअधिकारको अवस्था र कानूनको कार्यन्वयनका बारेमा र संस्थाका अध्यक्ष विश्वजीत तिवारीले जिल्लास्तरमा मानव अधिकारको अवस्था, सवालका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । संस्थाका कार्यक्रम संयोजक टेकनाथ आचार्यले संचालन गर्नुभएको कार्यक्रममा कार्यकारी निर्देशक राकेश कुमार मिश्रले संस्थाले संचालन गरेको कार्यक्रम तथा परियोजनाबारे स्पष्ट पार्नुभएको थियो ।
Discussion about this post