साहित्यको बिकाश र बिस्तारको मुख्य उदेश्य लिएर अधि बडेको साहित्यिक संस्था साहित्यिक चौतारी नेपालको तेस्रो अधिवेसनले गीता भण्डारी को नेतृत्वमा ११ सदस्य कार्यसमिति चयन गरेको छ बरिस्ठ उपाध्यक्ष चारखोले शिशिर लिङ्देल उपाध्यक्ष नवीन अनुपम रावत,उपाध्यक्ष सरस्वती बस्नेत सरु, महासचिव घनश्याम घायल तिवारी, सचिव देवेन्द्र खतिवडा कोषाध्यक्ष कमला भण्डारी ढकाल, सहकोषाध्यक्ष श्याम कुमार छेत्री र सदस्य हरु, प्रेम खड्का,बिन्दा पराजुली , तारा घिमिरे रहुनु भएको छ भने चौतारी प्रशिक्षकको रुपमा शंकर ढकाल रहनु भएको छ !
बिगत ७ बर्ष पहिले सामाजिक संजालको फेसबुक मार्फत सुरुभएको यो सँस्था नेपाल सरकारको मान्यता प्राप्त संस्था हो ! साहित्यको बिकाश र बिस्तारको लागि भनेर सुरु गरिएको संस्था भए पनि आजको दिनसम्म आइपुग्दा विभिन्न रोगबाट पिडीत , दुर्घटना भएका, बाडी पहिरोमा परेका,महाभुक्पको मारमा परेकालाइ मात्रै होइन मानव सेवा आश्रमा सहित गरेर झन्डै २० लाख रुपैयाँको आर्थिक तथा सामाग्री समेत सहयोग गरेको छ !

नेपालको हकमा ७ ओटै प्रदेश र रोजगारीको शिलशिलामा अन्य मुलुकमा कार्यरत नेपालीहरुको मनलाइ चौतारीमा बिसाउने माध्यम बनाउदै इजरायल, मलेसिया , साउदी अरब , ग्रीस, भारतमा समेत आफ्ना शाखा बिस्तार गर्न सफल यो साहित्यिक चौतारी नेपालले मलेशिया भित्र जोहोरबारु उपसाखा, नेपालमा बारा जिल्ला र तेह्रथुममा एकाइ कमिटी समेत गरि १४ वटा शाखा र उपशाखामा पुग्न सकेको छ भन्न पाउँदा अत्यन्तै खुसी लागेको छ !
भनिन्छ साहित्यले मनलाई जोड्छ अनि जोडिएको मनले एकलाइ दुख पर्दा अर्कोलाई मलम लगाउछ , यहीं जोडाइको क्रममा उद्दारतित मनहरुले संकलन गरेको रकमले थोरै भए पनि मलम लगाउने कार्य समेत गर्दै आएको छ !
नव गठित कार्यसमितिमा संरक्षक तथा प्रमुख सल्लाहकार साबित्रा लुइँटेल घिमिरे, बरिस्ठ सल्लाहकार प्रा. भिम खतिवडा, बरिस्ठ सल्लाहकार डा .देवी नेपाल र सल्लाहकार हरुमा प्रभा आचार्य भट्टराई र सन्दिप संग्रौला रहनु भएको छ !
Discussion about this post