किरात राई यायोक्खा शाखा रियाद तथा याक्थुङ चुम्लुङ साउदि अरब द्वारा भब्य उधौली साकेला र चासोक तङ्नाम किरात राई यायोक्खा प्रवास शाखा रियाद तथा याक्थुङ चुम्लुङ समाज साउदि अरब द्वारा ईतिहासिक कार्यक्रम येले दोङ तङ्बे ५०८२ उधौली साकेला चासोक तङ्नाम भब्य र सब्य रुपमा सम्पन्न गरेको छ् ।

कार्यक्रममा नेपाली दुतावास बाट महामहिम राजदुत श्री नबराज सुबेदिको प्रमुख आतिथ्य तथा नेफिन साउदि अरब दम्मामका महासचिब रोशन श्रेस्ठ किराया प्रवास शाखा केन्द्रीय अध्यक्ष श्री चित्र कुमार राई दम्माम किरात याक्थुङ चुम्लुङ दम्मामका महिला उपाध्यक्ष श्रीमती भिमा शुब्बा अन्तर संस्था समन्वय समिति रियादका अ्मृत पौडेल बिभिन्न संस्थाका प्रतिनिधिहरु संचारकर्मी कलाकारहरु र ४०० जना जतिको उल्ल्यख्य उपस्थिति रहेको थियो ।

संयुक्त कार्यक्रममा सम्पुर्ण दर्शक हरुले भरपुर मनोरन्जन लिनुका साथै अलमाराई द्वारा उत्पादित स्वाड्विच र जुस पनि बितरण गरीएको थियो | किरातीहरुको महान चाडलाई प्रवासमा पनि यसरी परम्परागत रुपले मौलिक बाजा गाजा र नृत्य सहित मनाउनु पाउनु हामी नेपालीहरुको गौरबको कुरा रहेको र नेपालमा जुनसुकै राजनैतीक दल आए पनि मिलेर बिकासको गति तर्फ उन्मुख हुदै बिभिन्न कल कारखानाहरु कम्पनीहरु खोल्न तर्फ सरकार र ब्यबसायीहरुको ध्यान जावोस भन्ने सन्देस प्रमुख अतिथि ले राख्नु भएको थियो|


यत्सै विभिन्न प्रतिनिधिहरुले मन्तब्य राख्दै आयोजकलाई अनगिन्ती शुभ कामना दिदै कार्यक्रम र संस्था सबल पाटो तिर लम्कन सक्ने भनाई रखे का छन ।साथै कार्यक्रममा कलाकारहरु नगेश तामाङ्क रोम लामा रोहन परियार मनिषा मगर ओ म गुरुङ लगायतलेबिभिन्न गायन नृत्यहरु प्रस्तुत गरेका थिए ।

Discussion about this post