काठमाण्डौ – कतारमा कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीको तथ्याँक सङ्कलन हुने भएको छ ।
कोरोनाका कारण नेपालीलाई कुनै न कुनै हिसाबले समस्या परेको र त्यसको यथार्थ विवरण संकलन गरी समस्या समाधानमा सहजिकरण गर्न लागिएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार आफूलाई परेको समस्यासहित आफ्नो विवरण अनलाइनमार्फत भर्न सकिन्छ ।
फारम भर्न यहाँ क्लिक गर्नुहोस्
फारममा स्पष्ट र यथार्थ विवरण उपलब्ध भर्न कतारमा रहेका सबै नेपालीलाई दूतावासले अनुरोध गरेको छ । विवरणहरु गोप्य रहने पनि दूतावासको भनाई छ ।
दूतावासका अनुसार, अनलाइनमार्फत फारम भर्न कुनै समस्या भएमा दूतावासको फेसबुक पेजमा गएर म्यासेज गर्न अथवा दूतावासमा फोन गरेर आफ्नो विवरण टिपाउन सकिनेछ । दूतावासमा ४४६७५६८१ र ४४१७१९६२ मा पनि सम्पर्क गर्न सकिन्छ ।
साभार :- https://ujyaaloonline.com/ बाट
Discussion about this post