Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नवराज साउद पाँचौ धारा नेपालगन्ज म्याराथनका च्याम्पियन बने (फोटाे फिचर )

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
७ मंसिर २०७६, शनिबार १५:३७
in अन्य, खेलकुद, प्रदेश नं ५, फोटो फिचर, समाचार
0
नवराज साउद पाँचौ धारा नेपालगन्ज म्याराथनका च्याम्पियन बने (फोटाे फिचर )
73
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज ७ मंसिर । विभागीय टोली त्रिभुवन आर्मी क्लबका धावक नवराज साउद पाँचौ धारा नेपालगन्ज म्याराथनका च्याम्पियन बनेका छन् । उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २५ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै ६५ हजार रुपैयाँ प्राप्त गरे । क्रिएटिभ ह्यान्ड्सको आयोजनामा भएको म्याराथनतर्फ आर्मीकै खेलाडीले वर्चस्व कायम गर्दै शीर्ष ५ स्थान कब्जा गरे । दोस्रो स्थानका खगेन्द्र भाटले २ घण्टा २५ मिनेट ५८ सेकेन्डमा दुरी पूरा गर्दै ४० हजार रुपैयाँ पाए । तेस्रो स्थानका राजेन्द्र राउत २ घण्टा २९ मिनेट १४ सेकेन्डमा दुरी पूरा गर्दै २० हजार रुपैयाँले पुरस्कृत भए । चौथो र पाँचौ स्थान क्रमश: रामप्रसाद भट्टराई र देवराज महताराले हासिल गरे ।

फोटाे सोम गुरुङ

एपीएफका गणेश ठकुरी छैटौं र बर्दियाका शेरबहादुर थारु सातौं भए । शीर्ष ८ स्थान हासिल गर्ने खेलाडीले नगद पुरस्कार प्राप्त गरे । महिला हाफ म्याराथनतर्फ आर्मीकि पूर्णलक्ष्मी न्यौपानेले उपाधि हासिल गरिन् । उनले निर्धारित दुरी १ घण्टा ३० मिनेट २१ सेकेन्डमा पूरा गर्दै ४० हजार रुपैयाँ प्राप्त गरिन् । दोस्रो स्थान हासिल गरेकी राममाया बुढाले १ घण्टा ३० मिनेट ५८ सेकेन्डमा दुरी पुरा गरिन् । उनले २० हजार पाउँदा तेस्रो स्थान हासिल गर्दै कृष्णाश्वेरी सिन्तकलाले १० हजार प्राप्त गरिन् । चौथो स्थानमा मन्जु रावत र पाँचौमा प्रतीक्षा मगर आए । पुरुष १० किलोमिटर खुलातर्फ अजितकुमार यादवले प्रथम स्थान हासिल गरे । उनले ३१ मिनेट ४० सेकेन्डमा दुरी पुरा गर्दै १० हजार रुपैयाँ पाए । दोस्रो स्थानका रामजी बस्नेतले ३२ मिनेट २० सेकेन्ड तथा तेस्रो स्थानका सन्तोषविक्रम विष्टले ३२ मिनेट २४ सेकेन्डमा दौड पूरा गरे । रामजीले ७ हजार तथा सन्तोषले ५ हजार रुपैयाँ पाए ।

फोटाे सोम गुरुङ

महिला ५ किलोमिटरमा काजल विष्टले १८ मिनेट ४५ सेकेन्डमा दुरी पूरा गर्दै १० हजार पाइन् । जुनेली सुनारले दोस्रो हुँदै ७ हजार तथा कल्पना थारुले तेस्रो हुँदै ५ हजार प्राप्त गरिन् । ५ किलोमिटर छात्रमा केशर मास्के प्रथम, एकेन्द्र विक दोस्रो र कमल विक तेस्रा भए । छात्रा ३ किलोमिटर दौडमा सिमा चौधरी प्रथम हुँदा पुर्णिमा खड्का दोस्रो र हरिमाया गुरुङ तेस्रो भइन् । २ किलोमिटर कर्पोरेट दौडमा केशव बिसी प्रथम, अरुण गौतम दोस्रो तथा डाक्टर सन्दीप गुरुङले तेस्रो स्थान हासिल गरे । व्हिलचेयरअन्तर्गत ट्राइसाइकल दौडमा यज्ञ बहादुर खत्री प्रथम, सेवक राम थारु दोस्रो र शेरबहादुर शाही तेस्रा भए ।

फोटाे सोम गुरुङ

किड्स रनतर्फ मोडल एकेडेमी प्रथम हुँदा युनाइटेड एकेडेमी दोस्रो र इन्टिग्रेटेड तेस्रा भए । म्याराथनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले गरेका थिए । उनले भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा म्याराथनले पर्यटन प्रवर्द्धनमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे । यस्तै नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले पनि म्याराथनलाई संघकै वार्षिक कार्यक्रममा राख्ने प्रतिवद्धता व्यक्त गरे । राखेप उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उप महासचिव पिताम्बर तिम्सिनाले पनि म्याराथनले केन्द्रबाहिरको खेलकुदमा बेग्लै पहिचान बनाएको बताए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा, उपमेयर उमा थापामगर, दुगड ग्रुपका महाप्रबन्धक प्रदिप छाजेड, पूर्व ओलम्पियन वैकुण्ठ मानन्धर, आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरी, मध्यपश्चिम खेलकुद विकास समितिका पूर्व अध्यक्ष भीम ओली, लगायत व्यक्तित्वको उपस्थिति रहेको थियो ।

फोटाे फिचर

फोटाे फिचर
Previous Post

वर्षा राउत र प्रकाश सपुत फिचर्ड पूजा सुनुवारको ‘हुन्छ भनन’ रिलिज [भिडियो ]

Next Post

(नरैनापुर) बाँके, नरैनापुरको शैक्षिक सुधारमा जोड

Next Post
(नरैनापुर) बाँके,  नरैनापुरको शैक्षिक सुधारमा जोड

(नरैनापुर) बाँके, नरैनापुरको शैक्षिक सुधारमा जोड

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal