Date
बुध, अशोज १०, २०८०
Wed, September 27, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

पोखरा रंगशाला फुटबल मैदानमा ग्यालरी ‘सि’ तर्फको सिट जडान सम्पन्न

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
७ मंसिर २०७६, शनिबार १७:३३
in आधारभूत, कारोबार, खेलकुद, देश, पुर्वाधार, प्रदेश नं ४, समाचार, स्थानीय सरकार
0
पोखरा रंगशाला फुटबल मैदानमा ग्यालरी ‘सि’ तर्फको सिट जडान सम्पन्न
9
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ७ मंसीर ।  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) लक्षित निमार्ण गरिएको पोखरा फुटबल मैदानको ग्यालरी ‘सी’ अन्तर्गतको विशिष्ट श्रेणी सहितको प्यारापिटमा सिट जडान गरिएको छ ।
पोखरा रंगशाला फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हुने भएपछि यति बेला फुटबल मैदानको काम समेत धमाधम भइरहेको छ । पोखरामा मुख्य खेलको रुपमा समेत हेरिएको महिला फुटबलको लागि निमार्णाधिन फुटबल मैदानमा प्रतियोगिताको लागि तत्काल पूर्व र पश्चिम भागमा प्यारापिट जडान गरिने छ ।

मैदानको लागि दुवो भारतको कोलकत्ताबाट ल्याइएको हो भने प्यारापिटका लागि स्टिल मोडुलर ग्राण्ड स्ट्यान्डका सामान भने फ्रान्सबाट ल्याइएको हो । उक्त प्यारापिट जडानको लागि फ्रान्सबाट दुई जना प्राविधिक समेत पोखरा आएका छन् । आजमात्रै ९ वटा माल बाहक ट्रकहरु भारतको बन्दरगाहबाट सामान लिएर पोखरा आइपुगेका छन् । ति सामानले पूर्व तर्फको प्यारापिट जडानको काम हुने छ ।
पोखरा रंगशालामा नवनिर्मित प्यारापिटमा जडित सिटहरु रातो र निलो रंगको रहेको छ । ति सिटहरु नेपालको झण्डा संग मिल्ने गरी राखिएको हो । मैदानको काम लगभग अन्तिम अवस्थामा रहेको र करिब १० हजार दर्शक क्षमताको सिट जडान गरिने प्रोजेक्ट म्यानेजर बरालले जानकारी दिए ।
सागअन्तरगत महिला फुटबल प्रतियोगिता पोखरा रंगशाला फुटबल मैदानमा हुने छ भने अभ्यास स्थलको लागि दोबिल्लामा रहेको सहारा एकेडेमीको खेल मैदान, हेम्जामा रहेको  गौरीशंकर  खेल मैदान, प्रहरी गण तालिम केन्द्र र पश्चिम पृतना विजयपुरको खेल मैदान तोकिएका छन् ।

म्हिला फुटबल मंसीर १७ गते देखि २४ गते सम्म हुने छ । प्रतियोगितामा ४ राष्ट्रको सहभागीता रहेको छ । आयोजक नेपाल सहित भारत, माल्दिभ्स् र श्रीलंकाले खेलमा सहभागीता जनाएका छन् भने बंगलादेश, भुटान र पाकिस्तानले भने सहभागीता जनाएको छैन ।
यसै गरि ट्रयाक एण्ड फिल्डको लागि अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघका प्राविधिक टोलीहरु आइतबार पोखरा आइपुग्ने प्रोजेक्ट म्यानेजर बरालले बताए । उनले भने ‘ट्रयाक मार्किङ गर्न टोली आउँदैछ ४ दिनमा हामी ट्रयाक मार्किङको काम सक्दैछौं ।’
ओडिसी कप सुरु
ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा १२ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।

पहिलो दिन गल्र्सको थ्री बाइ थ्रीतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल बीएनए र डिफेन्डिङ च्याम्पियन भ्याली पब्लिक तथा जगत मन्दिर र ग्रिनल्यान्डबीच हुने छ ।
धापासीस्थित आयोजक ओडिसीको कोर्टमा भएको क्वाटरफाइनलमा बीएनएले नाम्सलाई १०–७, भ्याली पब्लिकले इनोभेटिभलाई १४–१०, जगत मन्दिरले साइपाल एकेडेमीलाई ११–९ र ग्रिनल्यान्डले निब्सलाई ९–७ ले पराजित गरे ।
प्रतियोगिताको टोखा नगरपालिका वार्ड नं. ५ का अध्यक्ष जगन्नाथ ढकाल र आयोजिक ओडिसीका प्रिन्सिपल नारायण रोकाले संयुक्त रुपमा उद्घाटन गरे । मंसिर १३ गतेसम्म चल्ने प्रतियोगिताको गल्र्समा १६ तथा जुनियर ब्वाइजमा २४ टिम सहभागी छन् ।
पिस प्वाइन्ट र नोबेल फाइनलमा
आयोजक पिस प्वाइन्ट र नोबेल एकेडेमी चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
पिस प्वाइन्टले जगत मन्दिरलाई २–० गोलले पराजित ग¥यो । पिस प्वाइन्टका गौरव महर्जन र आनिश राईले गोल गरे । नोबेलले एक्मीलाई २–० गोलले हरायो । नोबेलका कृतन गिरी र सागर राईले गोल गरे ।
गल्र्समा एपीएस र सनसाइन उपाधिका लागि भिड्ने छन् । दुवै टाइब्रेकरमा विजयी भए । इपीएसले क्याम्ब्रिज तथा सनसाइनले भेनसलाई समान २–० को नतिजामा पाखा लगाए । फाइनल सोमबार हुने छ ।

Previous Post

सागको ओलम्पिक टर्च ¥याली सुरु

Next Post

साउदीमा अब कम्पनी छाडे ६ महिना जेल, ५० हजार रियाल जरिवाना

Next Post
साउदीमा अब कम्पनी छाडे ६ महिना जेल, ५० हजार रियाल जरिवाना

साउदीमा अब कम्पनी छाडे ६ महिना जेल, ५० हजार रियाल जरिवाना

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal