काठमाडौं, पुस ७ गते ।
आयोजक रोजबड चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
रोजबडले इन्साइट भिजनलाई ५८–५५ ले पराजित ग¥यो । रोजबडका साजन थापाले २२ अंक जोडे । अन्य प्रतिस्पर्धामा ट्रिनिटीले लिभरपुललाई ७९–३६ तथा ज्ञान निकेतनले न्यु जेनिथलाई ५७–५४ ले हराए ।
ट्रिनिटीका किरण कँडेल तथा ज्ञान निकेतनका मनीष लामाले समान १९–१९ स्कोर गरे ।
Discussion about this post