आर्टिस्ट नेपाल को आयोजनामा अभिनय कार्यशाला शुरु हुने भएको छ । काठमाडौँ पुतलीसडक स्थित आर्टिस्ट नेपाल स्टुडियोस को हलमा कार्यशाला सुरु हुन लागेको हो।
कार्यशालामा रंग क्षेत्रमा अगाडी बढ्न खोज्ने युवाहरु सहभागी हुन सक्नेछन। बिशेष गरि अभिनयक्षेत्रमा काम गरिसकेका तथा अभिनय क्षमता अभिबृधि गर्न चाहना हुने पुस्तालाई यो कार्यशालाको सिकाई महत्वपुर्ण बन्नेछ ।
हरेक बिहान ७ बजे सुरु हुने यस कार्यशालामा सहभागीहरुलाई निखारता प्रदान गर्न निखारिएका रंगकर्मी भोला राज सापकोटा ‘कोच’ को भूमिका निर्बाह गर्नेछन। भोलाराज सापकोटा हिन्दी चलचित्र ‘बर्फी’मा नायक रणवीर कपुर र प्रियंका चोपडासँगै अभिनय गरेका नेपाली कलाकारको रुपमा चर्चामा आएका कलाकार हुन् । उनि अभिनीत झुम्की, कुम्भकरण, रणवीर, पण्डित बाजेको लौरी, गोपीलगायत चलचित्र रिलिज भएका छन् ।
गुरुकुलमा बसेरै अभिनयको सैदान्तिक तथा ब्यबहारिक ज्ञान हासिल गरेका रंगकर्मी भोलाराजको यो समय, अभिनय मार्फत आफ्नो पाईला चाल्न खोज्नेहरुको लागि बिशेष हुने आयोजक संस्थाका अध्यक्ष नव ढुंगेलले बताए। ढुंगेलले कार्यशालामा भाग लिने अभिनय प्रेमीहरुको निशुल्क फोटोसुट , आर्टिस्ट पोर्टफोलियो पेज तथा अवसरहरु प्रदान गरिने बताए।
Discussion about this post