Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

सम्वाद समूह बाँकेको पहल – खाद्यान्न लगायतको सहज परिपुर्ती गर्ने प्रतिवद्धता

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१२ बैशाख २०७७, शुक्रबार १५:४२
in अन्य, कारोबार, देश, प्रदेश नं ५, संघ, समाचार, समाज, स्थानीय सरकार, स्वास्थ्य
0
सम्वाद समूह बाँकेको पहल  – खाद्यान्न लगायतको सहज परिपुर्ती गर्ने प्रतिवद्धता
13
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

नेपालगज, बैशाख १२ गते –कोरोना (कोभिड –१९) को बढदो संक्रमण र लक डाउनका कारण उत्पन्न विषम परिस्थितीमा खाद्यान्न, तरकारी लगायत आधारभुुुुुुुुत उपभोग्य वस्तुको सहज परिपुर्ती गर्न सामुहिक सहकार्यको आवश्यक्तामा जोड दिइएको छ । सम्वाद समूह बाँकेको पहलमा बीहीबार उपभोग्य बस्तुुमा सहज पहृुँच, जोखीम रहित विक्रि व्यवस्थापन, सम्भावित कालो वजारी नियन्त्रण लगायतका सवालमा गरिएको सम्वद्ध सरोकार निकायबीचको सम्वादमा सो आवश्यक्ता महसुस गरिएको हो ।

खाद्यान्न, तरकारी लगायतको आयात, बीक्री व्यवस्थापनका लागि आपसी समन्वय र जिम्मेवारी बाँडफाड जरुरी रहेको सम्वद्ध अधिकारीले सुझाएका हुन् । जनप्रतिनीधी, उद्योगी व्यवसायीका अगुवा, सरोकार निकायका प्रमुख, नागरिक समाजका अगुवाबीच भएको अन्तरक्रियात्मक सम्वादमा दैनिक अत्यावश्यक बस्तुको सहज आपूर्तिसँगै गुणस्तरसम्बन्धी कार्यको अनुगमन तथा सुपरिवेक्षणलाई पनि बढाइनु पर्नेमा प्रतिवद्धता व्यक्त गरिएको छ । सम्वाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले विषयवस्तु र सम्वादको आवश्यक्ता माथि प्रकाश पार्दै सहजीकरण गर्नु भएको थियो ।

नेपालगञ्ज उद्योग वाणीज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरीले नेपालगञ्जमा हालसम्म खाद्यको अभाव नभएपनि सहज र सुरक्षित विक्री वितरणमा भने चुनौती देखीएको स्वीकार्नु भयो । खोल्नै पर्ने अत्यावश्यक पसलहरुका लागि पास वितरण गरिएको भन्दै उहाँले स्वयं सुरक्षित रहेर एमआरपी दरमै विक्री गर्न अपील गर्नु भयो । कालो वजारी गर्नेको पक्षमा संघ कहील्यै नरहने पनि उहाँको स्पष्टोक्ति थियो ।


नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख एवं सम्वाद समूह सदस्य उमा थापामगरले विषम परिस्थितीमा गर्नुपर्ने समन्वय र व्यवसायिक सहकार्य प्रभावकारी रुपमा हुन नसकेको गुनासो गर्नु भयो । उहाँले खाद्य, तरकारी लगायतको आयात, तरकारी वजार व्यवस्थापन, घुम्ती पसल सञ्चालन जस्ता कार्यहरु गरिएपनि त्यसको प्रभावकारी कार्यान्वयनमा भने अनेकन चुनौतीहरु कायमै रहेको पनि बताउनु भयो ।

नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष फणाधर भण्डारीले विषम परिस्थितीमा पनि व्यापारीले मुल्य सूचीअनुसार नै विक्री गरिरहेको भएपनि एकाध कालो वजारीका घटनाले व्यापारीप्रतिको दृष्टिकोण सकरात्मक बन्न नसकेको यथार्थता राख्नु भयो ।

उद्योग वाणीज्य संघका महासचिव चिरञ्जीवी ओलीले उत्पादित तरकारी÷वस्तु वजार सम्म ल्याउने र सहज विक्री गर्ने बातावरण सिर्जना गरिदिन सरोकार निकायलाई आग्रह गर्नु भयो । सीमा नाकाबाट हुने खाद्य, तरकारी लगायतको आयातलाई रोकीनु पर्नेमा जोड दिदै उहाँले संघले व्यवसायी र उपभोक्ताबीचको सहजीकरणको काम गरिरहेको प्रष्टयाउनु भयो ।


रानीतलाउ कृषि उपज वजार सञ्चालक समितीका अध्यक्ष मोतीसरा थापाले तरकारी वजार भित्रकालाई कार्ड वितरण गरेर, मुल्य सुचीअनुसार मात्र विक्री गर्न अपील गरिएपनि ठेलावाललाई नियन्त्रण गर्ने आफुहरुको अधिकार नरहेको स्पष्ट पार्नु भयो ।


बाणीज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलले आपसी समन्वय र सहकार्यको अभावले उपभोक्ता मारमा पर्न सक्ने सम्भावना कायमै रहेकाले आयात, विक्री, गुणस्तरियता र पारदर्शीतामा ध्यान दिन आहवान गर्नु भयो । उपभोक्ता मञ्चका अध्यक्ष एवं अधिकारकर्मी वसन्त गौतमले मागअनुसारको आपुर्ती र प्रभावकारी उपलव्धताका लागि सरोकारवीच समन्वय र सम्वादको आवश्यक्तामा जोड दिनु भयो ।

Previous Post

बेलायतमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप मानिसमा परीक्षण गर्न थालिएको छ ।

Next Post

मुक्तक - भ्रष्ट दलालको एउटा गुट छ,हाम्रो देशमा - दिनेश धामी

Next Post
मुक्तक – भ्रष्ट दलालको एउटा  गुट छ,हाम्रो देशमा – दिनेश धामी

मुक्तक - भ्रष्ट दलालको एउटा गुट छ,हाम्रो देशमा - दिनेश धामी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal