Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

लकडाउनमा समाचारका माध्यमबाट समाजमा भ्रम फैलाउने, ७० ओटा अनलाइन वेवसाइटलाई बन्द गराइएको छ

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
११ जेष्ठ २०७७, आईतवार १०:१४
in अन्य, देश, पत्रपत्रिका, प्रदेश नं ३, समाचार
0
लकडाउनमा समाचारका माध्यमबाट समाजमा भ्रम फैलाउने, ७० ओटा अनलाइन वेवसाइटलाई बन्द गराइएको छ
23
SHARES
100
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : नेपाल प्रेस काउन्सिलले ७० ओटा अनलाइनलाई देशभर प्रसारण हुन नसक्ने गरी कारबाही गरेको छ । लकडाउन अवधिमा समाचारका माध्यमबाट समाजमा भ्रम फैलाउने संचारसंस्थाहरूलाई कारबाही गरेको प्रेस काउन्सिलका सूचना अधिकारी दिपक खनालले बताए ।

उनकाअनुसार चैत १० गतेदेखि जेठ ८ गतेसम्मको अवधिमा यस्ता अफवाह फैलाउने सञ्चार संस्थाहरूलाई कारबाही गरिएको हो । ‘हामीले धैरैवटा सञ्चार माध्यमलाई सचेत गराउने, स्पष्टिकरण सोध्ने र कारबाहीसमेत गरेका छौं,’ उनले भने, ‘मुख्य गरी अहिलेको अवस्था बिना तथ्य समाजमा भ्रम फैलाउने सञ्चारमाध्यमलाई कारबाहीको दायरामा ल्याएका हौं ।’

प्रेस काउन्सिलको विज्ञप्तिअनुसार लकडाउनको अवधिमा ५९ वटा सञ्चारमाध्यलाई स्पष्टिकरण माग गरिएको छ । यस्तै, २२ वटालाई सचेत गराइएको छ । ४० वटालाई निर्देशन दिइएको छ । १४ वटाको ध्यानाकर्षण गराइएको भने एउटालाई अन्तिम चेतावनी दिइएको छ । यस्तै, ७० ओटा अनलाइनलाई भने नेपालभित्र सम्प्रेशण हुन नसक्ने गरी वेवसाइट बन्द गराइएको छ । बन्द गरिएका अनलाइनहरू सूचना विभागमा पनि दर्ता नभएका र प्रेस काउन्सिलको पनि अनुमति नलिइकन सञ्चालन भएका काउन्सिलका सूचना अधिकारी खनालले बताए ।

‘वेभसाइट ल्बक गरिएका अनलाइनहरू भने सबै बिना दर्ता सञ्चालन भइरहेका थिए,’ उनले भने, ‘तिनीहरूको न सूचना विभागमा दर्ता छ, न प्रेसकाउन्सिलबाट नै अनुमति लिएका छन् । यस्ता अनलाइनहरू जो दर्ता नभइकन नै समाजमा भ्रमपूर्ण समाचार फैलाएका छन, तिनीहरूको नेपालभर प्रशारण बन्द गर्न दुरसञ्चारमा पठाएका हौं ।’

बन्दभएका अनलाइनहरूले कोरोनाका कारणबाट मृत्यु भएको, कोरोना पोजेटिभ देखिएको, कर्मचारीको तलब बढाएको, लकडाउन खुलेकोलगायतका भ्रमपूर्ण समाचारहरू लेखेको प्रेस काउन्सिलले जनाएको छ । यस्तै, यस अवधिमा विभिन्न कोरोना संक्रमण सम्बन्धी समाचार उपर पनि प्रेस काउन्सिलमा उजुरी परेको थिए । यस्ता उजुरी पर्ने सञ्चार संस्थामा न्युज–२४, हिमालय टेलिभिजन, सगरमाथा टेलिभिजन, एभिन्युज टेलिभिजन, सेतोपाटी डटकमसमेत रहेका छन ।

हामिले यो समाचार अन्नपूर्ण पोस्ट् बाट साभार गरेको हो

Previous Post

नायिका नम्रता श्रेष्ठलाई फेसबुक, फ्यान लठ्ठै (३ तस्बिर)

Next Post

उनी मेरो पेटमा उनी अण्डा फ्राइ गर्न चाहन्छन् ।’ मलाइका कती ‘हट’ ?

Next Post
उनी मेरो पेटमा उनी अण्डा फ्राइ गर्न चाहन्छन् ।’ मलाइका कती ‘हट’ ?

उनी मेरो पेटमा उनी अण्डा फ्राइ गर्न चाहन्छन् ।’ मलाइका कती ‘हट’ ?

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal