बलिउड अभिनेत्री मल्लिका शेरावतले एक टेलिभिजन शो मा एक निर्माताले आफ्नो पेटमा अण्डा फ्राइ गर्न चाहेको खुलासा गरेकी छिन् । ती निर्माताले मल्लिका कतिसम्म ह’ट छिन् भनेर देखाउन उनको पेटमा अण्डा राख्न चाहेका थिए
‘द कपिल शर्मा शो’ मा मल्लिकासँग सोधियो, ‘मल्लिका हामीले सुनेका छौँ कि, तपाईंको तस्वीर छापिएको पत्रिकाले खाना ढाक्दा पछिसम्म त्यो खाना तातो नै रहने गर्थ्यो !’

आफ्नो विचार राखे, विचार थियो, उनी मेरो पेटमा उनी अण्डा फ्राइ गर्न चाहन्छन् ।’
रमाइलोमै मल्लिकाले यो दावी सही भएको बताइन् । यता कार्यक्रममा उनलाई मजाक सँगसँगै हल्लालाई पुष्टि गर्न भन्दै यस्तो प्रश्न सोधिएको थियो ।‘मैले फिल्म गरिरहेकी थिएँ, एउटा गीतको शूटिङ चलिरहेको थियो, गीतमा मल्लिका ह’ट छिन् भन्ने देखाउनुपर्ने थियो,’ मल्लिकाले भनिन्, ‘निर्माताले कोरियोग्राफरका माध्यमबाट आफ्नो विचार राखे, विचार थियो, उनी मेरो पेटमा उनी अण्डा फ्राइ गर्न चाहन्छन् ।’

यस्तो सुनेर शो मा उपस्थित दर्शक चकित भए । साथै मल्लिकाले उक्त दृश्य नगरेको पनि बताइन् । उनले भनिन्, ‘पछि मैले त्यो दृश्य गरिन ।’
कुनै जमानामा खुबै चर्चामा रहने मल्लिका पछिल्लो समय भने खासै चर्चामा छैनिन् । यद्यपि तस्वीर र उनको ग्ल्यामरको भने बलिउडमा चर्चा भइरहन्छ ।





हामिले यो समाचार Himalayadainik बाट साभार गरेको हो
Discussion about this post