जेष्ठ ११, २०७७ – पश्चिम रुकुम : ६ जना बेपत्ता भनिएका मध्य टिकाराम बिश्वकर्माको शव आज जेठ ११ गते भेरी नदिमा भेटिएको छ । अन्तर जातीय प्रेम गाँसेर केटि लिन गएका भेरी नगरपालिका ४ रानागाउँका नवराज बिश्वकर्माको हत्या गरिएको छ । रुकुमको चौरझारी नगरपालिका वडा ८ सोती निवासी सुस्मा मल्ल र मृतक नवराज बिश्वकर्मा बिच निकै लामो समय देखि प्रेम सम्बन्ध रहेको थियो।
सुस्मा र नवराजले केही महिना अगाडि भागेर बिहे गरेका थिए तर माईती पक्षले जातीय छुवाछूत र उमेरको हकबन्धिको बहाना बनाई उक्त जोडिलाई छुटाई दिएका थिए । प्रेम सम्बन्धको सन्दर्भमा केटिले आफुलाई माया गर्ने र मृर्तक नवराज बिश्वकर्मालाई पटक पटक फोन गरेर आफुलाई लिन बोलाई राख्ने भएको हुँनाले नवराज पुनः आफ्नी प्रेमिका सुस्मालाई लिन आफ्ना १९ जना साथीहरु सहित २०७७ जेठ् १० गते लिन गएका थिए।

त्यसै बिच सुस्माका आमाबुवाले स्थानीय बासिन्दा र वडाअध्यक्ष डम्बर बहादुर मल्ललाई खबर गरि नवराज बिश्वकर्मा र उनिहरुका साथीलाई कुटपिट र हत्या गरेर भेरी नदिमा फालेका थिए मृर्तक नवराजको शव हिजो राती १ बजे त्यही भेरी नदिमा भेटिएको थियो ।
१९ जनाको समुहमा रहेका मध्य २१ वर्षीय नवराज बिश्ववकर्मा र २० वर्षीय टिकाराम बिश्वकर्माको शव भेटिएको छ भने अझै भेरी नगरपालिका वडा .४.का गणेश बुढामगर, वडा ११ का लोकेन्द्र सुनार गोबिन्द शाहि, सन्दीप बिश्वकर्मा सहित ५ जना बेपत्ता छ्न।१२ जनालाई प्रहरीले आफ्नो हिरासतमा राखेको छ भने सुदिप खड्का घाईते भएका छ्न। सुस्मा मल्लका दोषी बुवा वीर बहादुर मल्ल,आमा प्रकाशी मल्ल वडा अध्यक्ष डम्बर बहादुर मल्ल र अन्य दुईजना गरि ५ जनालाई प्रहारीले आफ्नो नियन्त्रणमा लिएको जानकारी पारिवारिक स्रोतले जनाएको छ ।
Discussion about this post