साउदी अरेबियाको दमाम- अलखोबारमा रहेका डिएक्सएन ग्रुपले साँस्कृतिक कार्यक्रम गरी संयुक्त रूपमा दीपावली-२०७६ को शुभकामना आदानप्रदान गर्ने भएको छ ।
ग्रुपले दमाम पोस्ट अफिस नजिकै रहेका रोज रेस्टुरेण्टमा यहि अक्टोबर २५ तारीख शुक्रबार दीपावलीको शुभकामना आदानप्रदान गर्न लागिएको हो । डीएक्सनएनले “स्वास्थ्य समृद्धि र सुखी जीवन” नारा लिएर नेटवर्किङ कार्य गरिरहेका छन् ।
कार्यक्रममा स्थानीय कलाकारहरू जेनी घिसिङ, पुतली तामाङ, मञ्जु परियार, भिमकला विश्वकर्मा, इस्लाम मिया, मुना तामाङ, सीमा तामाङ लगायत डिएक्सएन ग्रुपका कलाकारहरुले बेजोड प्रस्तुति दिने आयोजकले सैलुङअनलाइनलाई जानकारी दिए ।
सधैं मोटिभेसन र प्रचारप्रसारमै व्यस्त रहेने ग्रुपले यसपटक पहिलो चोटी साँस्कृतिक कार्यक्रम गरी शुभकामना आदानप्रदान गर्न लागिएका हुन् ।
डिएक्सएनको स्थापना बहुउद्देश्यीय कम्पनी रूपमा १९९३ मा मलेसियाका डा.लिम सिओ जिनले गरेका थिए । अन्य देशमा अवैधानिक जस्तै मानिने डिएक्सएन कम्पनी मलेसियामा भनै सरकारसँग स्वीकृति लिएर आफ्ना उत्पादन गर्छन् ।
Discussion about this post