कोरोनाको माहामारी सङ्गै परेको दशै तिहार पर्व कसैलाई दशै भएको छ त कसैलाई दशा।एकातिर कोरोनाको आक्रान्त,अर्कोतिर दुई छाक खान र आफ्नो परिवार पाल्न श्रीमान विदेशमा।जसोतसो विदेशको कमाइले परिवार धानिरहेका बेला आफैलाई ठूलो रोग लाग्यो भने के हुन्छ?? कल्पना पनि गर्न सकिन्न? शरीर काँप्छ,जो कसैको आँखा रसाउछ ।
अनि न दशै आउँछ न तिहार नै,न ल्होसार न इद न कुनै चाड । आउँछ त केवल बज्रपात ।
हो यस्तै बन्यो खोटाङ्ग दिप्रुङ्ग चुइचुम्मा गाउँपालिका वडानम्बर १ निवासी रबिन राईको परिवारलाई । श्रीमती दीक्षा राई लिम्बू लामो समय देखि बिरामी पर्नु भएकोले वहाँको उपचारको लागि सहयोगको अपिल गरिएको छ । रगत संबंधि समस्या भएपछि उनलाई नोबेल मेडिकल कलेज बिराटनगरमा भर्ना गरिएको थियो । उक्त अस्पतालले रिपोर्ट हेरि रगतमा समस्या भएको र केही मेजर अपरेसन समेत गर्नुपर्ने र धेरै पैसा खर्च लाग्ने बतायो ।

श्रीमान वैदेशिक रोजगारको शिलशिलामा साउदिमा रहेको र त्यताको कमाइले आफ्नो जिविका चलाइरहेका उनिहरु यति ठूलो उपचार गर्न निकै समस्यामा परे । अलि अलि भएको खर्च पनि सकियो । गाउँबाट अस्पताल र दबाई गर्दै सकियो । ॠण खोजेर जसतसो नोबेल सम्म पुगेर उपचार गर्दागर्दै आर्थिक अभाव भएपछि त्यहाँबाट डिस्चार्ज गरियो । बिरामिको अवस्था झन नाजुक भएपछि अहिले काठमाडौको सिभिल अस्पतालमा ल्याइएको छ र उपचार गरिदै छ । डाक्टरको सल्लाह अनुसार अझै उनको २ वटा मेजर अपरेसन गर्नुपर्ने छ ।

तर आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले गर्दा अहिले निकै ठुलो समस्यामा पर्नु भएको छ । त्यसैले बिरामिका श्रीमान रबिन राईले सहयोगी महानुभावहरु सङ्ग सहयोगको हात फैलानु भएको छ । वहाँले आफ्नी श्रीमतीको उपचारको लागि सहयोग गरि जीवन बचाइदिनु हुन अनुरोध गर्नु भएको छ।त्यसैले हामी पनि देश तथा विश्वभर छरिएर रहनु भएका सम्पुर्ण मनका धनी सहयोगी महानुभावहरु सङ्ग तपाईंको सानो सहयोगले कसैको ज्यान बच्छ भने कृपया सक्दो सहयोग गरि दिनु हुन विनम्र अनुरोध गर्दछौ ।
सहयोगको लागि
बिरामीको बहिनिको खाता नम्बर
01615408395
Siddartha bank
arjuna rai
मा जम्मा गरेर
साउदिका लागि मोरङ्ग सुनसरी सेवा समाज साउदिका महासचिव
सुजन सेर राई
मोबाइल नम्बर 057 027 1556
त्यसै गरि बिरामिको श्रीमान
रबिन राई(0572211940)
माथी उल्लेख भएका नम्बर र व्यक्ती अनि खातामा आफ्नो सहयोग उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछौ।
Discussion about this post