———————–हार्दिक निमन्त्रणा ।—————-
“ग्योइ ह्रीमठिम थेन दोङराप ता छर्ना लाअी,मोक्कोन तामाङ गिक तासी ङ्हाच्छा ब्राअी” भन्ने मुल नारा लिएर सन २००९ मा मध्यपुर्वी एसिया बहराइन राष्ट्रमा स्थापित बहराइन बासी तामाङ हरुको साझा संगठन नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइनले बिगतका बर्ष हरुमा झै यस बर्ष पनि बहराइनबासी नेपालीहरु माझ मंजुश्री सम्बद २८५६ जिवा(नाम्यु/मुसा बर्ग) सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम, नेपाल बाट आमन्त्रित राष्ट्रिय स्तरका चर्चित तामाङ कलाकार हरु र स्थानिय उत्कृष्ट कलाकार हरुको साथमा भब्य रुपमा मनाउने भएको छ।
आकर्षण हरु:-

चर्चित सेलो गायक प्रयास दोङ, सेलो गायिका जितु लोप्चान
म्हेन्दो माया गायिका :- टीका माया चोथेन
मेन्दोमाया तथा सेलो गायक :- रोम लामा
मेन्दोमाया तथा सेलो गायक :- आर बि लामा
र साथमा वैदिक पुजापाठ तथा विविध मनोरञ्जनात्मक प्रस्तुतिहरु।
यसर्थ यस सांस्कृतिक पर्व ल्होछारलाई बिगतका बर्षहरुमा झै सभ्य तथा भब्य रुपमा सफल पार्नको निमित्त बहराइनमा स्थापित सम्पूर्ण सामाजिक संघसंस्था, संगठन, उधोग ब्यबसायी, बुद्धिजीवी, कलाकार, पत्रकार लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं !
तपशिल:-
मिति :- २४ जनवरी २०२० शुक्रबार
स्थान :- डेल्मोन इन्टरनेश्नल होटल मानमा
समय:- बेलुका ठिक ६ बजे।
आयोजक :- नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराइन।
(नोट:- कार्यक्रम स्थल सम्म बहराइनको विभिन्न क्षेत्रबाट नि-शुल्क यातायातको ब्यबस्था रहेको छ,साथै स्टल राख्न चहानु हुने महानुभाव हरुलाई स्टल खुल्ला गरिएको जानकारी पनि गराउदछु)
Discussion about this post