काठमाडौं, मंसिर ८ गते ।
कौशलले १२ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेको छ । ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा कौशलले निब्सलाई ८–५ ले पराजित ग¥यो ।

कौशलका रोजन विश्वकर्माले ४ स्कोर गरे । जुनियर ब्वाइजमै लक्ष्मीपुरले प्राण्जलीलाई १६–८, लालीगुराँसले सेन्ट जोसेफलाई २०–१०, स्किब्सले बेलमाउन्टलाई १३–८, ग्रिनल्यान्डले श्रृजनालयलाई १०–४ र आयोजक ओडिसीले हिमालयलाई २६–३ ले हराए ।
इनोभेटिभलाई उपाधि
इनोभेटिभले २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताको गल्र्स बास्केटबल उपाधि आइतबार जितेको छ । ज्ञानोदय बाल वाटिकाद्वारा आयोजित प्रतियोगिताको फाइनलमा इनोभेटिभले मल्पीलाई ३४–३० ले पराजित ग¥यो । इनोभेटिभकी स्वच्छता थापाले १० अंक जोडिन् । ब्वाइज बास्केटबल फाइनलमा त्रिज्योतिले एलआरआईलाई ६५–४४ ले हरायो । त्रिज्योतिका सुयोग प्याकुरेलले २२ अंक जोडे ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुयोग र स्वच्छता ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । नेटबलमा मल्पीले रिलायन्स पब्लिक स्कुललाई ३२–२६ ले पाखा लगाउदै च्याम्पियन बन्यो । रिलायन्सकी ओजस्वी निरौला उत्कृष्ट खेलाडी, मल्पीकी कृतज्ञता गुरुङ उत्कृष्ट डिफेन्डर तथा मल्पीकै कृतिका सैजु सर्वाधिक स्कोरकर्ता (१०८) बने ।
यसअघि सम्पन्न प्लस टु थ्री बाइ थ्री बास्केटबलको ब्वाइजमा एस र गल्र्समा साइपाल तथा जुनियर ब्वाइज फुटबलमा लिटिल एन्जल्स (एलए) च्याम्पियन बनेका थिए । विजेतालाई ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

हिमालय सेमिफाइनलमा
आयोजक हिमालय दोश्रो हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
हिमालयले एभरेष्टलाई ३८–११ ले पराजित ग¥यो । हिमालयका रुबन कार्कीले १८ अंक जोडे । सोही स्पर्धामा न्यु भिजनले स्वप्न वाटिकालाई २६–२४ ले हराउदै सेमिफाइनलमा स्थान पक्का ग¥यो । न्यु भिजनका प्रतीक ठकुरीले १६ अंक जोडे ।
जुनियर गल्र्समा स्वप्न वाटिकाले एभरेष्टलाई ३२–१३ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनायो । स्वप्न वाटिकाकी आयुशा चहरले १० स्कोर गरिन् । सिनियर ब्वाइजमा ग्रामर सेमिफाइनलमा पुग्यो । ग्रामरले नवज्योतिलाई ८२–६१ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । ग्रामरका आर्यल मल्लले २६ स्कोर गरे ।
Discussion about this post