Date
बुध, चैत्र ८, २०७९
Wed, March 22, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

मुक्तककार दिनेश धामी ज्युको १०१ मुक्तकहरु समेटिएको मुक्तक सङ्ग्रह “यस्तै रै”छ संसार भाग-४

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१३ बैशाख २०७७, शनिबार १५:०२
in अन्य, साहित्य
0
मुक्तककार दिनेश धामी ज्युको १०१ मुक्तकहरु समेटिएको मुक्तक सङ्ग्रह “यस्तै रै”छ संसार भाग-४
71
SHARES
307
VIEWS
Share on FacebookShare on Twitter

मुक्तक सङ्ग्रह “यस्तै रै’छ संसार” भाग-4 मुक्तक संख्या 101 किताब निकाल्ने बाहेक अरू प्रतिक्रिया दिनुहोला,मन परे share गरिदिनु होला।

१.कतै बिक्दैन इमानदारी,घुस नखाई के गर्छ आफ्नो नियत नबिगारी,घुस नखाई के गर्छघुस दिएरै पाएको हो,ठू…लो पद र जागिरघुस खुवाउने कर्मचारी,घुस नखाई के गर्छ?

२.बेला बेलामा लाग्छ धक  नरमाइलो लाग्छरमाइलो लाग्नुपर्ने भरसक नरमाइलो लाग्छगाडी हेरेर मर्न मन छ भनेकी छिन् आमालेपुग्दा पनि गाउँमा सडक  नरमाइलो लाग्छ।

३.कुनै घटना घट्छ कि,क्षणभरका लागिपर्खेर बसेका  हुन्छन्,अवसरका लागिएउटा  हस्पिटलमा  आगो  लागेको छखुसीको खबर हो यो,युटुबरका लागि।

४.नगरेनी उद्योगमा लगानी,खुसी लागेकोछकेही  रोजगारी नहुँदा नि,खुसी लागेकोछहरेकबर्ष वृद्धभत्ता बढाई रहेकोछ सरकार ढल्की  रहेकोछ  जवानी,खुसी लागेकोछ।

५.हिँडिरहनेछु  जिन्दगीभर  हिँडीरहेकोछुआफ्नै  गतिमा  सरासर   हिँडिरहेकोछुत्यतिठूलो सपना छैन,पुग्नै पर्ने ठाउँछैन,हेरौं कहाँ पुगिन्छ निरन्तर हिँडिरहेकोछु।

६.सोच्छ्यौ तिमी पल्टनमा छ मज्जामा छसोच्दिनौ कहाँ छ ? कस्तो अवस्थामा छदुश्मनले सीमा मिचिरहेछ आँखै अगाडि प्रिया यतिबेला तिम्रो सिन्दुर खतरामा छ।

७.गरेर अनेक  जालझेल  सांसद बनेका छन् पहिलेका गोठाला अचेल सांसद बनेका छन् डिग्रीपास गरेकाले भाँडा माझ्छन परदेशमादेशमा पाँच कक्षा फेल, सांसद बनेका छन्।

८.थरी थरीका बाहाना  बनाई  कंगाल भनेरकसरी पाल्छस् के छ कमाई,कंगाल भनेरउसैको श्रीमान आज सहयोग माग्न आ’छजसले छोडेकी थिइन् मलाई,कंगाल भनेर।

९.दु:ख पीडा होस,या उमँग दाज्न छोड्दिनुहोसएउटा भाडोमा अनेक रँग दाज्न छोड्दिनुहोसपछि आउदै गरेकालाई हेर्नुहोस खुसी हुने भएआफुलाई अघि पुगेका सँग दाज्न छोड्दिनुहोस

१०.देशको सम्पत्ति आफ्नै,बिर्ताठाने पुग्छघरमै,हुस्की बियर,घरमै,तिनपाने पुग्छदेश चलाउन नजाने केही फरक पर्दैनसरकारमा  पुगेपछी  खानजाने  पुग्छ।

११.जनसंख्या हुँदा दोब्बर,पचास बर्षपछिजता ततै  बनलान घर,पचास बर्षपछि अहिलेको समयमानै घण्टौँ जाम लाग्छकस्तो होला? यो सहर,पचास पर्षपछि।

१२.नचाहने  आजादी  राजा  राजा भन्नेआफ्नै नियम लादी  राजा राजा भन्नेटुहुरो बालक जस्तो कस्को हो यो देश?को हुन् यी के?वादी राजा राज भन्ने।

१३.जन्मेको ठाउँ भुली बेपत्ता भएकोछप्रतीक्षामै छे बाटुली बेपत्ता भएकोछजा हावा बुझेर आ उसको हालखबरघर  छोडेर घरमुली बेपत्ता भएकोछ।

१४.बाहिर  गोरो  भित्र कालो  बन्नु भन्दा तपानी बन्नु नि गन्धा नालो बन्नु भन्दा तकुकुर जत्तिको  बफादार  बन्न सिक्नुसबिश्वास घाती चोर बिरालो बन्नु भन्दा त।

१५.नरम बोली लाग्छ कडा, दिन बिग्रेको बेला हुन्छन् अनेक समस्या खडा,दिन बिग्रेको बेलामनमिल्ने साथी समेत निहुँ खोज्दै आउँछन् परिहाल्छ  झैइ झगडा, दिन बिग्रेको बेला।

१६.मै हुँ भन्ने आदत खासै मन पर्दैनअपमान बेइज्जत खासै मन पर्दैनआफू त सोझो  मान्छे सानो मान्छेठूला बडाको संगत खासै मन पर्दैन।

१७.घर बनाई दिनु पर्ने ठाउँमा  शौचालय दियोबस्ती बस्तीमा गाऊँ गाउँमा शौचालय दियोजनताहरू  भोकले  छट्पटाई  रहेका बेला,सरकारले राहतको नाउँमा शौचालय दियो।

१८.बुझ्नै नपाई  जानी हो,,किन भन्नू पर्यो?बगिरहन्छ बग्ने पानी हो,किन भन्नू पर्यो?दुई शब्दमै वर्णन गरी देखाउनुस भन्नेले जिन्दगी राम कहानी हो,किन भन्नू पर्यो?

१९.बुढा बाउ आमाको खबर लेख्न मन लाग्दैन पाएर पनि लेख्ने अवसर लेख्न मन लाग्दैन देश लेख्छु दुनियाँ लेख्छु बारम्बार मुक्तकमाकिन हो?आफ्नै गाउँ घर लेख्न मन लाग्दैन।

२०.नभएर हुदैन सम्पन्न हैसियत चाहिन्छ चाहिन्छ सम्पती टन्न हैसियत चाहिन्छ औकात हेरेर नाता गास्ने जमाना हो योबाउले पनि बाउ बन्न,हैसियत चाहिन्छ।

२१.बाटो वरपरको झारपात फडानी गरेरराहतको नाउँमा आफ्नै मनोमानी गरेरयो पाराले समृद्ध देश  बन्छर सरकार?आम्दानी  नहुने  ठाउँमा  लगानी गरेर।

२२.पुलिसले अत्याचार गरिरहेको बेलाआँखाबाट  आसु  झरिरहेको  बेलारुदै न्याय माग्न म,कुन ठाउँमा जाउँन्याय नै अन्यायमा  परिरहेको बेला।

२३.परिवर्तन हुनुपर्ने संस्कार परिवर्तन नभएको समय र जमाना अनुसार परिवर्तन नभएकोछोरी मान्छे कम्जोर हुन्छन्  भन्ने को हो  हँ?कसको हो पुरानो बिचार परिवर्तन नभएको?

२४.कोही ढोग्न अनि,कोही पुज्न, अझै बाकि रैछठूला ठूला समस्या  सँग जुध्न,अझै बाकी रैछयसपालि पनि घडी नै दियो,उपहारमा साथिलेमैले  समयको  महत्त्व  बुझ्न,अझै बाकी रैछ।

२५.कति आउछ पिउन मज्जा बुझ्न पाएँकस्तो हुँदो रैछ प्रेमको नशा बुझ्न पाएँतिमीलाई माया गरेर अनुभवी बनेकोछुमाया बुझ्नपाएँ अनि घीणा बुझ्न पाएँ।

२६.भोगेको छु मैले पनि भोगाइ उस्तै होखानुपर्ने ठाउँठाउँमा टोकाइ उस्तै होजत्ती  राम्रो काम गरेनी जस नपाउनेसरकार र घरको जेठो भाइ उस्तै हो।

२७.मान्छे छ आफ्नो ठाउँमा तागत छ आफ्नो ठाउँमापैसा छ आफ्नो ठाउँमा  बचत छ  आफ्नो ठाउँमातपाईं विद्वान हो भने निचा देखाउने काम नगर्नुसम मूर्ख हुँ तर मेरो पनि ईज्जत छ आफ्नो ठाउँमा।

२८.नजानी नबुझी करकाप गरेका रहेछन् मलाईनै नसोधी चुपचाप गरेका रहेछन् पुण्य कमाउन मलाई  कन्यादान दिएरमेरा हजुरबाले ठूलो पाप गरेका रहेछन्।

२९.बील्डरहरुले बनाउदा घर,मलाई दिनुपर्छसरकार चल्छ मेरै अन्डर,,मलाई दिनुपर्छमैँ हु यो यरियाको  दादा  थाहा छकी छैनसडकमा फूल बेच्नेले कर,मलाई दिनुपर्छ।

३०.शंका गर्यौ  जानाजान चित्त बुझेनअर्कैतिर मनको उडान चित्त बुझेनहावा नचलेर  पात हल्लिदैन भन्यौमलाई त  यो उखान  चित्त बुझेन।

३१.खोजेर गतिलो कुलघरान बाह्र बर्षमाजुटाएर केही मालसामान बाह्र बर्षमागाउँभरिकै जान्नेमान्ने मेरा हजुरबालेगरिदिनु भयो  कन्यादान बाह्र बर्षमा।

३२.पुर्व पश्चिम् रेल गुडेको हेर्न मन छ मलाई कलकारखाना खोलेको हेर्न मन छ मलाई मर्नु  पहिला नै यी  आँखा  दान गरेर मर्छुमेरो देश समृद्ध बनेको हेर्न मन छ मलाई।

३३.कुनै जानकारी बिना के थाहा हुन्छगरिबलाई सानातिना के थाहा हुन्छकागजको घोडा बनाउ कार्यालयमागर बजेट हिनामिना के थाहा हुन्छ।

३४.एकदिन नदेखे तड्पिन्छु,भन्नेले उबेलाहरपल हरक्षण सम्झिन्छु,भन्नेले उबेलामेरोघरको बाटो नहिन् भन्छ आजभोलीछाती- माथी बाटो दिन्छु,भन्नेले उबेला।

३५.सम्झाई बुझाई एकबार भनिदिनु होलानियम  कानुन अनुसार  भनिदिनु होलाअन्यायको विरुद्धमा  बोल्न नि नपाइँनेयो कुन तन्त्र हो सरकार भनिदिनु होला

३६.सागर होकि खोला माया भनेकोके रै’छ यार  भोला माया भनेको?उताचोट लाग्दा यता छाती दुख्छसायद  यही  होला माया भनेको।

३७.ब..डो मुस्किलले बनाइयो घर पनिलाग्यो,किन्नपाए हुन्थ्यो मोटर पनिएउटा काट्यो  फेरि अर्को पलाउछबर्खाको  बन जस्तै रहेछ रहर पनि।

३८.बाँचीरहने  सधैंभर  अरु केहि छैनआत्मा मात्र हो अमर अरु केही छैनरुपको घमण्ड गर्नेले यत्तिकुरा बुझमृत्यु  भन्दा  सुन्दर  अरु केही छैन।

३९.नलगाई खोट अनि दोस छोरी लिनेभएसुख खुसी संग  पालोस छोरी लिनेभएमैलेपनि त्यत्ति तिरेर ल्याएको हु बुहारी चालीस हजार दिनोहोस छोरी लिनेभए।

४०.कहिँ सिमा मिचिन्छ,मेरो देशमाकहिँ मान्छे  मारिन्छ मेरो देशमायतामेरो छाती छिया छिया हुन्छउता बम पड्किन्छ  मेरो देशमा।

६१.असार लाग्यो गाउँघरमा सिचाइ गर्नुपर्छआन्ला  कान्ला  बगरमा सिचाइ गर्नुपर्छजलस्रोतको दोश्रो धनिदेश भएर के गर्नुआकाशे पानीको भरमा सिचाइ गर्नुपर्छ।

६२.तिमी नफस्नु कुनै पलमा मत फसिसकेउर्लिदो  बर्खाको भलमा  मत फसिसकेंयहाँबाट भविस्य अध्यारो मात्र देखिन्छनसाको  यो दल-दलमा  मत फसिसकें।

६३.च्यात्न नहुने थ्यो आफैले झण्डा च्यातिदिएँनाङ्गै हेर्न सकिन त्यसैले झण्डा च्यातिदिएँभन सरकार अब मलाई कस्तो सजाय हुन्छ?आमाकोलाज ढाक्न मैले झण्डा च्यातिदिएँ

६४.छ,छोरी छैनन् र काफी छोरा किन चाहियो?देविदेउता भाकी भाकी छोरा किन चाहियो?बाचुनजेल स्याहार सुसार छोरीले नै गर्छिन् चिता जलाउनका लागि छोरा किन चाहियो।

६५.बाकी छ आर्को चरण सकिएको छैनसुनेर जानुस जनगण सकिएको छैनबचेरालाई  चारो  खोज्न  पछि  जानुअझै गिद्दको भाषण  सकिएको छैन।

६६.कयौंको  ज्यान  खायो भन्यो कसैलेर कयौं  घाइते  बनायो  भन्यो कसैले सबै दौडिए आमाले छोरा हेर्नथालिन्बाघ आयो, बाघ आयो,भन्यो कसैले।

६७.सकभर मुग्लान नजाउ पैसाका लागिजाने नै भए केही सोच प्रियाका लागियो खाली  सिउदो  बहुत खतरा हुन्छसिन्दुर  भरेर  जाऊ..सुरक्षाका लागि।

६८.नाम कमा, दाम कमा,,ताला आफै लाग्छदेशको ढुकुटिमा जमा,ताला आफै लाग्छएउटा मात्रै राम्रो काम गरेर देखा सरकार बिरोधीहरुको मु.खमा ताला आफै लाग्छ।

६९.कहिल्यै बज्दैन ब्याकटोन बिजी बिजी भन्छकल  हान्छु  लिएर  लोन  बिजी बिजी भन्छअन्तै चक्कर चल्या छकी के हो  तिम्रो चालाबेला-बेला लगाउछु फोन बिजी बिजी भन्छ।

७०.कोही छुटिन्छ कसै संग,भेट हुन्छकथा हो यो जिन्दगी केरमेट हुन्छसहजै अाउछन् जान्छन् जो कोही,न दिलको ताला हुन्छ न गेट हुन्छ।

७१.ताली पाउँदैन मञ्चमा मान सम्मान पाउँदैनतारिफ पाउदैन र कहिँकतै गुणगान पाउँदैनसाहित्य मन पराउछिन् आमापनि छोरी पनिअश्लिल शब्दले मेरो रचनामा स्थान पाउँदैन

७२.पिलाउदैनन जिन्दगीमा मेरा साथिहरूबोक्दैनन् गाठ गोजिमा मेरा साथिहरूएउटा बियरबार रित्याइ  दिन सक्छन् यदि पिउन पाए फ्रीमा  मेरा साथिहरू।

७३.क्यारम प्यारी यो जुनि,,यस्तै यस्तै भयोभन्दिन तिम्लाई बैगुनी,,यस्तै यस्तै भयोछुट्टिएर बस्न मन,न तिम्रो थियो,न मेरोघर भाड्नेका कुरा सुनी यस्तै यस्तै भयो।

७४.दुनियाँ स्वार्थी छ,हरेक ठाउँमा आफ्नै फाइदा हेरिन्छएकलाइ मिसायल अर्कोलाई डिफेन्ससिस्टम बेचिन्छभाइ भाइ लडाउनेलाई के भनिन्छ ? थाहा छैन मलाईथाहा छ देश सँग देश लडाउनेलाई अमेरिका भनिन्छ।

७५.कसैले गर्दैनन् इज्जत मैले बुझेको छुसम्झन्छु  अझै बिगत मैले बुझेको छुसानैमा बुवाआमा  गुमाएका  टुहुराकोके-कस्तो हुन्छ हालत मैले बुझेको छु।

७६.भेट होला कुनै समय,राम्रै होलागरि   राखौॅ  परिचय,,राम्रै होलाघरै छोडी जान्छु यसै के भन्याथे,बुढी भन्छे जाऊ गए राम्रे होला।

७७.खुसी कम रहेछ  पीडा अपार रहेछगरिबी भनेको सनिकै अवतार रहेछबसेर दिन  बिताउछ अल्छी मान्छेलेर भन्छ मेरो त अभागी निधार रहेछ।

७८.राती राती भट्टी जाने ,बानी परेको छक्या मीठो यो तिनपाने,बानी परेको छआमाको हातको खाना,रुच्दै पिएपछिबुढीको  चप्पल खाने, बानी परेको छ।

७९.प्यार जस्तो भएन प्यार पनिमिलेन मन पनि  बिचार पनिकैद हुदा  रहेछन्  सारा रहरकारागार रहेछ  घरबार पनि।

८०.सम्पुर्ण यो संसार नै निरास  हुन सक्छलाखौं मान्छे एउटाको दास  हुन सक्छपैसा र पावर गलतको हातमा पर्यो भनेबिकास हैन देशको बिनास हुन सक्छ।

८१.प्यारो यो घर आगन नभएको हैनछुट्टिनु  पर्दा जलन नभएको हैनतिम्रै खुसीको लागि टाढा भैइदिएँतिमी संगै, बस्न मन नभएको हैन।

८२.सरोकारवाला सचेत हुन् यत्ती चाहान्छुजफत होस तस्करी सुन यत्ती चाहान्छुन्यायपाउन्  निमुखा  गरिबहरुले पनिपैसामा नबिगोस कानुन यत्ती चाहान्छु।

८३.नदि कहिले आफ्नो भएन बगरका लागियहि सिकेँ तिमी बाट जीवन भरका लागिपहिले छोडी जानुथियो अहिले छोडीगयौधन्यवाद छ तिम्लाई यो अवसरका लागि।

८४.बूढो बरको रूख ढलेको राम्रो हैन भन्छन् खुट्टाको जुत्ता बदलेको राम्रो हैन भन्छन् केही अन्हुनी हुन्छ कि,चिन्ता लागि रहन्छसपनिमा  घर जलेको  राम्रो  हैन  भन्छन्।

८५.सत्कर्म र सत्बिचारले  मान्छे बनाउँछजितले भन्दा नि हारले मान्छे बनाउँछप्यारले पागल बनाउछ भन्ने को हो हँ?पागललाई पनि प्यारले मान्छे बनाउँछ।

८६.दिलदार हुन्छ मजदुर सहयोगको लागिरकम पठाउला जरुर सहयोगको लागिहिजो देखि मेरो,,गाई बिरामी परेको छअपिल गरिदेउ हजुर सहयोगको लागि।

८७.मिलेन कहिँ कतै मियो भोक लाग्दा पनितिम्रै अभाव खड्कियो भोक लाग्दा पनिआमा तिम्रो गुनियो फेरिएको हेर्न मन छतिम्रो मुख, धेरै हेरियो,भोक लाग्दा पनि।

८८.फालिएला झाडिमा  जिब्रो काटिएलालाग्ला तरवार घाटीमा जिब्रो काटिएलाअन्यायको  विरुद्धमा  बोल्न  छाडिदैनअरु के होला?बढिमा जिब्रो काटिएला।

८९.के बानी  पर्यो हत्तेरी  दिन जान्छआँखामा  हुन्छ  भेरी  दिन जान्छरात  कसरी  बजान्छ  थाहा हुँदैन तिम्रै घरको बाटो हेरी दिन जान्छ।

९०.यो संसारको मालिक तिमी पनि छैनौँसबैको नजरमा ठिक तिमी पनि छैनौँमलाई अन्पढ भनेर किन हेप्छौ साथी नासाको  बैज्ञानिक  तिमी  पनि छैनौँ।

९१.हेर्छन् रत  मनको आॅखाले छोराछोरीसधै सानै देख्छन् आमाबाले छोराछोरीफर्कि आउँदा  आफ्नै गुॅड बिर्सिने गरेर प्वाॅख लागे पछि  उडिहाले छोराछोरी

९२.कंगाल छैन,,यो मुलुक, कंगाल होलाविकसित  देश मात्रै  मालामाल होलाभान्साको काम समेत रोबोट गर्नथालेयहिचाल हो भने हाम्रो के हाल होला?

९३.मनका केही कुरा खोल्न पाइन्छ कि पाईदैनउसको मौनता बिथोल्न  पाइन्छ कि पाइदैन पहिलो चोटी आएको छु सरकारको शहरमासरकारकै विरुद्ध बोल्न पाइन्छ कि पाइदैन?

९४.थाहा छ, देशको  हाल मलाई पनिमन परेको छैन  दलाल मलाई पनिबल्नसकुँ अन्यायमा न्यायका लागिबनाइदेउ कोहि मसाल मलाई पनि।

९५.आकाश हेरेर बा’ले,समय बताइदिन्छनरातमै पनि  मजाले,,समय बताइदिन्छन् हातमा घडी, बाधी राख्नै  पर्दैन गाउँमा काग अनि कुखुराले,,समय बताइदिछन्।

९६.अदालत बिक्न चाहान्छ अरूको के कुरानिर्दोषलाई  दोषी ठान्छ अरूको के कुरायस्तै चल्छ मनपरि तन्त्र हाम्रो नेपालमाअख्तियार  घुस खान्छ अरूको के कुरा।

९७.मासु  संग कुखुराको, टन्न पिउनुपर्छधेरै भो पिउन नपाको,टन्न पिउनुपर्छ आमाको वृद्ध भत्ता पाएको छु आजचिन्ता छैन  पैसा’को, टन्न पिउनुपर्छ।

९८.आफ्नाको पराईको कर्तव्य सम्झायोपुरुषको आइमाईको कर्तव्य सम्झायोखुन पसिना  बगाएर पढाएको भाइलेआज आएर दाइको कर्तव्य सम्झायो।

९९.न इज्जत छ,न नाम छ,बेरोजगारहरुकोस्वदेशमा निँदहराम छ,,बेरोजगारहरुकोमर्न देऊ सरकार बरु,परदेश मै मर्न देऊबाँचेरपनि के काम छ?बेरोजगारहरुको।

१००.नाईदिए हुन्थ्यो काल बाच्नपाए हुन्थ्योजस्तो सुकै होस हाल बाच्नपाए हुन्थ्योगर्नु पर्ने  अझ धेरै  कामहरु बाँकी छन्अझैपनि, केही साल बाच्नपाए हुन्थ्यो।

१०१.ठानेर आफैलाई  वीर आफै काटिन्छतरवारमा ठोकिने तिर आफै काटिन्छज्ञानीहरु झुकिहाल्छन् झुक्ने ठाउँमा अहंकारी ठाडो शिर आफै कान्टिन्छ।

दिनेश धामी बझाङ , हाल भारत बेङ्लोर

मुक्तककार दिनेश धामी ज्युको १०१ मुक्तकहरु समेटिएको मुक्तक सङ्ग्रह “यस्तै रै”छ संसार भाग-४

Previous Post

जानकारी सहित हार्दिक अपिल : जनसंपर्क समिती साउदीअरबका सभापति दिपक रेग्मीले तामाङ बस्ने स्थान मै पुगेर आज उक्त राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो

Next Post

ने.क.पा जिल्ला कार्यकर्ता यौनजन्य क्रियाकलापमा पक्राउ | सुप्रीया सिंह र गोबिन्द ढाट

Next Post
ने.क.पा जिल्ला कार्यकर्ता यौनजन्य क्रियाकलापमा पक्राउ | सुप्रीया सिंह र गोबिन्द ढाट

ने.क.पा जिल्ला कार्यकर्ता यौनजन्य क्रियाकलापमा पक्राउ | सुप्रीया सिंह र गोबिन्द ढाट

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal