Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

फरक कन्सेप्टमा ‘टिकटक तिज क्विन’ : भिडियो पठाउन आव्हान, फाईनलमा प्रितम आचार्य

rabin by rabin
१० श्रावण २०७७, शनिबार १०:१७
in प्रदेश नं १, मनोञ्जन
0
फरक कन्सेप्टमा ‘टिकटक तिज क्विन’ : भिडियो पठाउन आव्हान, फाईनलमा प्रितम आचार्य
18
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

ईटहरी/ महामारी स्वरुप लिदै विश्वब्यापी भएको कोरोना भाईरसका कारण जारी भएको लकडाउनले नेपाललाई समेत प्रत्यक्ष असर पार्यो । जसका कारण नेपालको अर्थतन्त्रमा निकै ठूलो धक्का पुग्यो । यता मनोरञ्जन क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ । नेपालमा लकडाउनको अन्त्य भएपनी मनोरञ्जनको दुनियाँ भने पुरानो हिसाबले चल्न सकेको छैन । यस्तै पेरिफेरीमा अनलाईन तथा सामाजिक संजाल प्रयोग गर्दै केही कार्यक्रमहरु भने भैरहेका छन् । तीज नजिकिदै गर्दा तीजका गीतहरु धमाधम सार्बजनिक भैरहेका छन भने यता सामाजिक संजालबाट तिजका विभिन्न कार्यक्रमहरुको प्रचारप्रसार भैरहेको छ । यस्तैमा परिकला मिडिया प्राली तथा डिथ्री अनलाइनले पनि सामाजिक संजाललाई प्रयोग गर्दै तीजको फरक कन्सेप्टमा एक कार्यक्रमको घोषणा गरेको छ । उक्त कार्यक्रम सामाजिक संजाल मार्फत हुने एक प्रतियोगिता हो ।

‘टिकटक तिज क्विन-२०७७’ नाम दिइएको उक्त प्रतियोगिताको यतिबेला टिकटक भिडियो कलेक्सनको काम भैरहेको प्रतियोगिताको कोओर्डिनेटर संगीता चौधरीले बताईन् । यस कम्पनीले गत वर्षमा पनि फोटो प्रतियोगितालाई स्तरिय बनाउने उद्देश्य सहित तीजको अवसरमा फरक कन्सेप्ट अर्थात आयोजक कम्पनीले नै प्रोफेसनल फोटोसुट गरेर सोही फोटोको प्रतियोगिता गरेको थियो । यसवर्ष सो कन्सेप्टलाई अन्य केही कम्पनी तथा सस्थाहरुले पनि सुरु गरेको कारण यो पटक तिजकै अवसर पारेर फरक कन्सेप्टमा ‘टिकटक तिज क्विन-२०७७’को आयोजना गरेको प्रतियोगिताको ब्यवस्थापक तथा परिकला मिडिया प्रालीका प्रवन्ध निर्देशक सुवास श्रेष्ठ संकल्पले जानकारी गराए ।

प्रतियोगितामा सहभागी हुन तीजको कुनैपनी गीतमा टिकटक भिडियो बनाउनु पर्नेछ । बनाईएको उक्त भिडियोलाई sankalparj@gmail.com मा मेल वा ९८२४३९३३०४ मा व्हाट्सएप तथा भाईबर प्रयोग गर्दै पठाउनु पर्नेछ । भिडियोमा १ वा २ ब्यक्ती भन्दा बढी सहभागी हुन पाइनेछैन । महिला तथा युवतिले स्वत: प्रतियोगितामा सहभागी हुने मौका पायो भने पुरुषको हकमा भने एक महिला वा युवती संग तिज गीतमा टिकटक भिडियो बनाउनु पर्ने नियम बनाईएको छ । सहभागीता शुल्क जम्मा १ हजार मात्र तोकिएको छ । आफ्नो ईच्छाको ड्रेस लगाई प्रतियोगितामा भिडियो पठाउन सकिनेछ । जुनसुकै ठाउबाट पनि प्रतियोगितामा सहभागी जनाउन पाईने छ भने सहभागी शुल्क माथी दिइएको मोबाईल नम्बर प्रयोग गर्दै एसेवा, खल्ती, तथा आईएमई पे मोबाईल एप मार्फत तथा मोबाईल बैंकिङ प्रयोग गर्दै पठाउनु पर्नेछ ।

बिजेताले नगद पुरस्कार संगै अन्य अफरहरु प्राप्त गर्नेछन् । बिजेताले १० हजार नगद, फर्स्ट रनरअपले ७ हजार नगद र सेकेन्ड रनरअपले ५ हजार नगद पुरस्कार पाउनेछन् । नगद संगै बिजेताहरुले प्रोफेसनल फोटोसुटको अफर पाउनेछन भने सोही फोटोसुटको तस्वीर सहित ३ जनाकै छुट्टा छुट्टै मिडिया न्युज कभरेज गरिनेछ । साथै अन्य गिफ्टहरु पनि प्राप्त गर्नेछन् । अन्य सम्पुर्ण सहभागीहरुले प्रमाणपत्र साथै मेकअप कोर्समा ५० प्रतिशत छुट पाउनेछन भने अन्य ‘बेस्ट डान्स’, ‘बेस्ट एक्सप्रेसन’, ‘बेस्ट क्वालिटी’ र ‘ब्युटी गर्ल’को अवार्डहरु पनि प्रदान गरिनेछ । यी सम्पुर्ण कुराहरुलाई सुरक्षीत र सामाजिक दुरि कायम गर्दै एक कार्यक्रमको आयोजना गरि बितरण गरिने संकल्पले बताए ।

फाईनल कार्यक्रमको लागि प्रमुख आकर्षणको रुपमा चर्चित बाल गायक तथा भारतिय च्यानलबाट प्रसारण हुने ख्यातिप्राप्त टिभी रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’का सेकेन्ड रनरअप प्रीतम आचार्यलाई फाईनल गरिएको प्रतियोगिताका अर्का संयोजक सर्मिला दाहालले बताईन् । यस्तै प्रतियोगिताको प्रोमोटरको रुपमा ‘मन्नु खड्का’ रहेकी छन । उनी रेडियो तथा टेलिभिजन होस्ट समेत हुन् । उनलाई टिकटकमा पछ्याउनेहरु १२ लाख भन्दा बढी रहेका छन । प्रतियोगिताको लागि प्राप्त भिडियोहरुलाई क्रमैसंग ‘DThree Photography’ फेसबुक पेज मार्फत सार्बजनिक गरिनेछ । जसमा प्राप्त लाईक तथा शेयरको आधारमा बिजेताहरु घोषणा गरिनेछ । प्रतियोगितामा सहभागी सम्पूर्णलाई मार्टिना मेकअप स्टुडियो ईटहरीले मेकअप कोर्समा ५० प्रतिशत छुट गर्दिने भएको छ । कार्यक्रमको सहयोगीको रुपमा “श्रद्धा टुर एण्ड ट्राभल, हरियाणा”, “धरान स्टिल फेब्रीकेटर वर्क, धरान”, ‘कल्पना ब्युटी पार्लर, ईटहरी’ रहेको छ भने फाईनल कार्यक्रमको लागि ईटहरीस्थित पुर्व लाईमा रहेको झण्डा भएको घरको रुपमा परिचित होटल उत्सवमा तय भएको छ ।

Previous Post

हेम र जमुनाले ल्याए नाच्न आकी छु...

Next Post

“नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” हुने, आबेदन फारम खुल्ला

Next Post
“नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” हुने, आबेदन फारम खुल्ला

“नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड-२०२०” हुने, आबेदन फारम खुल्ला

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal