नेपालगन्ज ०९ मंसिर । उद्योग र पुर्वाधार , समृद्धिको आधार भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योगको आयोजनामा नेपालगन्जमा आज चौथो उद्योग दिवस मनाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आयोजनामा भएको कार्यक्रममा बाँकेका घरेलु तथा साना उद्योगीहरु सम्मानित समेत भएका छन् । उद्योग दिवशको अवसरमा सम्मानित हुनेमा मधु खड्का, रामजि शाह, लक्ष्मी कुमारी शाह, सन्तराम बुढा, नविन बेकरी उद्योग, सरिता थापा र माया प्याकुरेल रहेका छन् ।
जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, बाँके जिल्ला प्रहरी प्रमुख बीरबहादुर ओली , घरेलु तथा साना उद्योग महासघं बाँकेका अध्यक्ष समर बहादुर खत्री , पुर्व अध्यक्ष जिवनाथ सापकोटा लगायतको सहभागिता रहको थियो । कार्यक्रम कार्यलयका निमित्त प्रमुख उजिर न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post