नेपाल टाइगर क्रिकेट क्ल्ब र होलिल्याड उच्च मावि नेपालगन्ज बिजयी
मंसिर ९ कोहलपुर
यज्ञ ब. रोका
बांकेको कोहलपुरमा जारी स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगितमा सोमबार भएको खेलमा नेपाल टाइगर स्पोर्ट््स क्ल्ब नेपालगन्ज र होलिल्याड उच्च मा बि नेपालगन्ज विजयी भएको छ । प्रस्तावित अन्तरास्ट्रिय क्रिकेट मैदान कोहलपुर भएको पहिलो खेलमा टाइगरले नेपालगन्ज क्याम्पस लाई २६ रनले पराजित गरेको छ ।
खेलमा टस जितेर पहिला व्याटिङ गरेको टाइगरले १४ ओभरमा २ बलमा अल आउट हुँदै ७१ रन बनाएको थियो । उसका लागि अफाक शेखले १२,अजय शाहनीले ११ रन बनाउनु बाहेक अन्यले दोहोर अंक समेत छुन सकेनन्् । नेपालगन्ज क्याम्पसका बलर प्रतिक गिरिले ५,अफजल खाँन ले ३ तथा आकाश बिस्टले २ विकेट लिए । जबाफी व्याटिगमा आएको नेपालगन्ज कलेजले १३ ओभरमा अल आउट हुँदै मात्र ४५ रन बनाउन सक्यो । उसका लागि सोम शर्माले २१ रन जोडे अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्् । टाइगरका बलर अमर सिंह रौटेलाले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिए भने अजय साहनि र सिद्धांतराज शाहीले २–२ बिकेट लिए ।

खेलमा टाइगरका अजय म्यान अफ द म्याच घोषित भए । त्यस्तै दोस्रो खेलमा होलिल्याडले जेगवार स्पोर्टस क्लब लाई ५ विकेट पराजित गरेको छ । खेलमा पहिला व्याटिग गरेको जेगवार स्पोर्टस क्लबले २० ओभरमा ८ बिकेट गुमाउँदै ७४ बनाएको थियोे । उसका लागि अबदुला अन्सारीले २५, इमरान आलमले १३ रन जोडे । होलिल्याण्डका बलर सहिद अन्सारीले ४ र अनिमेश शाहीले १ विकेट लिए । जबाफी व्याटिग मा आएको होलिल्याण्डले १० ओभर ५ बलमा ५ विकेट गुमाएर बिजयी लक्ष्य भेटायो। उसका लागि प्रनित थापा मगरले १६,रितिक बिस्टले १५ रन जोडे । जेगबार का जानू कसगरले २ बलर विकेट लिए । होलिल्याडका शाहिद अन्सारी म्यान अफ द म्याच घोषित हुनु भएको प्रतियोगिताको संयोजक सरोवर प्रसाईले जानकारी दिनुभयो ।

प्रतियोगिता बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवम प्रदेश नम्बर ५ अध्यक्ष दुर्गा थापाले आफ्ना स्व. बुबाको स्मृतिमा प्रायोजन गरेका हुन । प्रतियोगितामा होलिल्यान्ड उच्च मावि, नेपालगन्ज क्याम्पस ,नेपाल टाइगर, जेगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ सय, उपविजेताले ५१ हजार, म्यान अफ द सिरिजले ११ हजार, उत्कृष्ट ब्याटसम्यान र वलरले समान ५ हजार १ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय रुपैया पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापाले बताउनु भयो । प्रतियोगिता १२ गते सम्म कोहलपुर क्रिकेट मैदानमा संचालन हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा संचालन हुनेछ र
Discussion about this post