काठमाडौँ ९ पुष २०७६ – लोकप्रिय गायक रामकृष्ण ढकालको डिभोर्सको खबरले नेपाली मिडिया एकै छिनमा गर्मायो । बुधबार उनीहरुको डिभोर्स भएको खबरले आमदर्शक र उनका शुभचिन्तकमा खैलाबैला मच्चियो। । डिभोर्ससंगै धेरैले धेरै थरीका विचार र टिप्पणी गर्न भ्याए।
तर रामकृष्ण ढकालले आफ्नो फेसबुकमा श्रीमतीसंगको फोटो शेयर गर्दै अरुले जे भने पनि फरक पर्दैन, हाम्रो सम्बन्ध कहिल्यै छुट्दैन भन्दै क्याप्सन लेखेका छन् ।
यसको मतलब उनले डिभोर्स भएको खबर झुट हो भन्न खोजेको हो या कागजी रुपमा अलग भएपनि भावनात्मक रुपले एक साथ छौँ भन्न खोजिएको हो त्यो भने स्पष्ट भएको छैन।

यता रामकृष्ण ढकालकी श्रीमती निलम शाह ढकालले इन्ष्टाग्राममा सम्बन्ध विच्छेदको बारेमा सोधिएको प्रश्नमा कमेन्ट गर्दै मानिसहरुलाई बोल्न देऊ, यो कुरालाई यही छाडी दिम भनेर जवाफ दिएकी छन्।

यस अर्थमा उनीहरुको पारपाचुके भइसकेको भन्ने खबर झुटो हुने सम्भावना रहेको छ।
यस अघि ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका र आपसी सहमतीमा सम्बन्ध विच्छेद भएको खबर आएको थियो।

खबरमा निलमले रामकृष्णबाट कुनै सम्पती वा अंशको दावी नगर्ने र छोरी आमा निलम संगै रहने खबर आएको थियो। यस सन्दर्भमा कुरा गर्न रामकृष्ण ढकालसंग सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन।
खबर यत्रतत्र फैलिइरहको भएता पनि बुधबार साँझ उनीहरु संगै रहेको ढकाल निकट श्रोतले बताएको छ।
यता अदालतको दैनिक पेशी सुचीमा पनि रामकृष्ण र निलमको सम्वन्धविच्छेद भएको देखिन्छ । सुचीअनुसार निलम शाहले रामकृष्ण ढकाललाई प्रतिवादी बनाएर ८ पुसमा सम्वन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । उनको मुद्दाको दर्ता नम्बर ०७६-CP-३१८८ छ । पेशी सुचीको कैफियत खण्डमा ‘फैसला/अन्तिम आदेश-मिलापत्र’ भनिएको छ ।

आधिकारिक रुपमा रामकृष्ण ढकाल वा निलमको भनाई आए पछि मात्रै खास खबर बाहिर आउला। त्यसका लागि केही समय कुर्नु पर्ला। आश गरौँ उनीहरुको सम्बन्ध समाचारमा आएजस्तो नहोस्। वैवाहिक सम्बन्ध अझै सुमधुर बलियो होस् हाम्रो कामना।
News From :- Enter10 Nepal
Discussion about this post