Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

जनसंपर्क समिती साउदीअरबको “कोरोना भाईरस कोभिड – १९” बिशेष बैठक सम्पन्न :

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१३ जेष्ठ २०७७, मंगलवार २२:५३
in देश, प्रवास, राजनीति, संघ, समाचार, समाज
0
जनसंपर्क समिती साउदीअरबको “कोरोना भाईरस कोभिड – १९” बिशेष बैठक सम्पन्न :
48
SHARES
208
VIEWS
Share on FacebookShare on Twitter

जनसंपर्क समिती साउदीअरबको “कोरोना भाईरस कोभिड – १९” बिशेष बैठक सम्पन्न : नेपाली जनसंपर्क समिती साउदीअरबको नियमित बैठक यसपटक परिस्थितिजन्य कारणले अनलाइन भिडियो बैठक (Zoom Video communication ) मार्फत आज २६ मे २०२० मा सम्पन्न भएको छ ।

समितिका सभापति दिपक रेग्मीको सभापतित्वमा सम्पन्न भएको उक्त अनलाइन भिडियो बैठकमा जनसंपर्क समिति साउदीअरबअरब केन्द्रिय समितिका पदाधिकारीहरु, संरक्षक समितिका पदाधिकारीहरु, सल्लाहकार समितिका पदाधिकारीहरुको साइबर उपस्थिती रहेको थियो । कोरोना – कोभिड १९ को संक्रमणबाट हालसम्म विश्वमा ज्यान गुमाउनुहुने नेपाली नागरिक तथा अन्य बिदेशी नागरिकहरुप्रती हार्दिक श्रद्दान्जली अर्पण गर्दै विश्वमा हाल उपचारार्थ कोरोना संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बैठक सुरु गरिएको थियो ।

बिशेष गरी यतिबेला विश्वभरी महामारिको रुपमा फैलिएको कोरोना भाईरस कोभिड – 19 र यसले साउदीअरबमा रहेका नेपालीहरुलाई पारेको प्रभाब, जनसंपर्क समिती साउदीअरबले उक्त बिषयमा दूतावाससँग गरेको समन्वय र सहकार्य साथै कोरोनाको करण बिभिन्न समस्यामा परेका नेपालीहरुलाई अहिलेसम्म जनसंपर्क समितिले गरेको सहयोग, उद्दार, आगामी दिनहरुमा गर्ने सहयोग र आगामी दिनमा नेपाली जनसंपर्क समिती साउदीअरबमा रहेका कोरोनाबाट प्रभाबित, पीडित नेपालीहरुको बिषयमा के कसरी अगाडि बढ्ने, के कसरी राहत र उद्दारका कार्यहरु गर्ने भन्ने बिषयमा नै केन्द्रित रहेर सम्पन्न भएको उक्त बैठक समितिका महामन्त्री सुरेश राज त्रिपाठीले संचालन गर्नुभएको थियो ।

बैठकमा सुरुमा समितिका सभापति दिपक रेग्मीले साउदीअरबमा कोरोनाको प्रभाब बढेर लकडाउन सुरु भए देखी नै बिभिन्न कारणहरुले अलपत्रमा परी आफ्नो र समितिका पदाधिकारीहरुको संम्पर्कमा आएका र केही उद्दार गर्नै पर्ने पीडित नेपालीहरुलाई जनसंपर्क समितिको तर्फबाट आफु र समितिका अन्य पदाधिकारी साथी सहित भएर उच्च जोखिम लिएर उद्दार गरी खान र बस्नको समेत ब्यबस्था गरी राखिरहेको कुरालाई स्मरण गराउँदै आफु र आफ्नो समिती साउदीअरबमा जनसंपर्क समितीको स्थापना भए देखी नै हर हमेशा यस्ता कार्यहरुमा अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएको र आगामी दिनमा पनि गरिरहने प्रतिबद्दता जनाउनुभएको थियो ।

दूतावास र साउदीअरबमा रहेका अन्य नेपाली संघ – संस्था पदाधिकारीहरुसँग साउदीअरबमा कोरोनाबाट प्रभाबित नेपालीहरुको अवस्थाबारे जानकारी लिन र सहयोग गर्न आफु सधैं संपर्कमा नै रहेको कुरा ब्यक्त गर्दै साउदीअरबमा रहेका र संपर्कमा आएका कोरोनाबाट प्रभाबित, पीडित नेपालीहरुको उद्दार गर्न र सह्योग गर्न आर्थीक, नैतीक र भौतिक रुपमा आफु र आफ्नो संस्था सधैं तयारी अवस्थामा नै रहेको र सहयोग पनि गरिरहेको कुरा सभापति रेग्मिले बताउनुभयो ।

बैठकमा समितिका बिभिन्न पदाधिकारीहरुले आफ्नो भनाइ राख्ने क्रममा उठाउनुभएका बिभिन्न सान्दर्भिक बिषयहरु – आबश्यकता हेरेर कोरोना उद्दार कोष गठनको बारेमा, धेरै नेपालीहरु कोरोना लाग्दा पनि समय मै अस्पाताल पुर्याउन नसकेका कारण झन जटिल समस्यामा परीरहेको बिषयमा, धेरै नेपालीहरु साउदीअरबमा फिल्डमा, ग्रुपमा, साइडमा काम गर्ने तर अफिसमा बसेर काम गर्ने नेपालीको संख्या कम भएकोले उनिहरु कोरोनाको उच्च जोखिममा रहेका कारण कोरोनाबाट बच्नको लागि धेरै भन्दा धेरै जानकारी तथा आबश्यक कोरोनाबाट बच्ने स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नुपर्ने बिषयमा, कोरोनाबाट प्रभाबित, पीडित, संक्रमित भएर बिभिन्न समस्यामा परी नेपाल फर्कन चाहेका नेपालीहरुको डाटा संकलन गरी नेपाली राजदूतावास रियादलाई जानकारी गराउने सम्बन्धमा, कोरोनाबाट प्रभाबित, पीडित, संक्रमित भएर बिभिन्न समस्यामा परी नेपाल फर्कन चाहेका नेपालीहरुलाई छिटो नेपाल फर्काउन दबाब दिन र सहज बनाउन नेपाली कांग्रेस पार्टीले ल्याएको “Rescue नेपाली” नामक मोबाइल एप्स मार्फत डाटा संकलन गर्ने बिषयमा, साउदीअरबमा कोरोनाबाट धेरै प्रभाबित भएर नेपाल फर्कन तयार भएर बसेका नेपालीहरुलाई चाँडो भन्दा चाँडो नेपाल फर्काउन दूतावासलाई दबाब दिने बिषयमा, नेपाल सरकारले खाँडी मुलुकमा कोरोनाबाट प्रभाबित नेपालीहरुको उद्दार र राहतको लागि पठाएको रकमको सही र निष्पक्ष सदुपयोगको लागि दूतावाससँग निरन्तर फलोअप गरिने बिषयमा, दूतावासलाई यि सबै बिषय समेटेर संस्थागत आधिकारिक पत्राचार गरी ध्यानाकर्षण र दवाब दिने सम्बन्धमा, साउदीअरबमा कोरोनाको कारण प्रभाबित, पीडित भएका नेपालीहरुको उद्दारमा नेपाली राजदूतावास तथा साउदीअरबमा रहेका नेपाली संघ-संस्था, समुदायहरुसंग के कसरी समन्वय र सहकार्य गर्दै जाने आदी बिषयहरुमा छलफल तथा निर्णय गरिएको समितिका महामन्त्री सुरेश राज त्रिपाठीले जानकारी गराउनुभयो ।

साउदीअरबमा रहेका कोरोनाको कारण समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने क्रममा केही हप्ता पहिले नेपाली जनसंपर्क समिती साउदीअरबले १ बर्ष अगाडि रियाद एक्जिट १४ मा रहेको एक सप्लाई कम्पनिमा जनरल वर्करको भिसामा साउदीअरब आएका हेटौंडा सिखरपानी – १५ घर भएका सुदर्शन तामाङलाई बस्नको लागि समस्या भएपछी उनलाई संपर्क गरी सबै कुरा बुझेर, सोधेर उनकै आग्रहमा तत्काल आबश्यक भएको लगभग १ महिनालाई पुग्ने गरी खाध्यान्न उपलब्ध गराएको थियो भने त्यसै गरी ४ बर्ष अगाडि रियाद एक्जिट ८ मा रहेको अब्दुल वाहिज रेस्टुरेन्टमा क्लिनर कामको लागि आएका बुटवल तामनगर निवासी सचिन थापा पनि अलपत्र परी जनसंपर्क समिती साउदीअरबको संपर्कमा आएपछी तत्काल उनको उद्दार गरी हालसम्म पनि जनसंपर्क समितिले नै खाध्यान्न तथा आवासको ब्यबस्था गरी राखेको छ ।

Previous Post

‘गोर्खा वारियर’ को टेस्ट टिजर सार्वजनिक (भिडियो)

Next Post

भारतिय मिडियाकर्मी गोश्वामीलाई नेपाली युवाले अपहरण गरी इतिहास बताए

Next Post
भारतिय मिडियाकर्मी गोश्वामीलाई नेपाली युवाले अपहरण गरी इतिहास बताए

भारतिय मिडियाकर्मी गोश्वामीलाई नेपाली युवाले अपहरण गरी इतिहास बताए

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal