इलामका विभिन्न मनोरम प्राकृतिक दृश्यमा छायांकन भएको दिपक लिम्बुको आधुनिक गीत ” मेरो मन चोरी लानेलाई” सार्बजनिक भएको छ। एकताका फिल्मी शैलिका गीतहरुमा र फिल्महरुमा नै जमेका दिपक लिम्बुको यो गीत पनि रोमान्टिक अनि फिल्मी शैलिमै तयार भएको छ । गीतको भिडियो पनि अत्यन्तै धेरै मिहेनत गरेर फिल्मी शैलिमै बनाइएको छ ।
इलामका विभिन्न क्षेत्रमा यो म्युजिक भिडियो छायांकन भएको छ भने चर्चित कलाकारहरुले दमदार प्रस्तुति दिएका छन।दिपक लिम्बुको स्वरमा सजिएको यो गीत राज कुमार को शब्द तथा सङ्गीत रहेको छ।मौसम किशोर को निर्देशनमा छायांकन भएको उक्त म्युजिक भिडियोमा चर्चित कलाकार तथा मोडल राज गुरुङ र कल्पना गुरुङले प्रमुख भुमिकामा अभिनय गरेका छन।
सुदर्शन खतिवडाको निर्माण तथा एरेन्जरमा बिपिन आचार्यले गरेका छन। यो किसिमको गीत अनि मेकिङ हेर्दा चलचित्रको गीतको भान हुन्छ । नेपाली साङ्गीतिक क्षेत्रमा एउटा छुट्टै मिठास बोकेको गीतलाई बिस्वभरिका दर्शक स्रोताहरु समक्ष पुर्याउन अनलाईन मिडिया मुग्लानी खबरले भुमिका खेलेको छ। भिडियोलाई एक्का कम्पनीको यूट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।
Discussion about this post