पुर्वेली दाेहाेरी गायक टिकाराम घिमिरे र लाेक गायीका अन्जु गाैतमकाे तिहार बिषेश अाए देउसे बाेलकाे गित युटुब मार्फत सार्वजनिक गरिएकाे छ ।यस गितमा टिकाराम घिमिरे र अन्जु गाैतमकाे स्वर रहेकाे छ । भिडियाेमा लाेक सस्कृति तथा गाउले परिवेशलाइ झल्केकाे देखिन्छ । यस गितमा गायक टिकाराम घिमिरेकै शब्द,संगित रहेकाे छ भने संगित संयाेजन कुन्दन राइले गरेका छन् ।लामाे सयम देखी दाेहाेरी गायकका रूपमा ख्याती कामउदै अाएका घिमिरेले यस बर्ष हिन्दुहरूकाे चाड शुभ दिपावलीकाे अबसर पारेर लक्ष्मी पुजाकै दिन पारेर गित सार्वजनिक गरेका हुन् ।उक्त गितकाे रेकड पुर्वाञ्चल डिजिटलका रूद्र श्रेष्ठले गरेका छन् । झ्याउरे भाकामा भएकाले पनि यस गितकाे भिडियाे उत्कृष्ट बनेकाे छ । भिडियाेमा टिका घिमिरे, अन्जु गाैतम तथा साथीहरू देखीएका छन् भने नृत्यमा एफ.यस डान्स सेन्टरका कलाकार हरू छन् । यस भिडियाेलाइ ड्रिम्स मल्टीमिडियाले निर्माण गरेकाे हाे भने निर्देशन तुलसी घिमिरेले गरेका छन् । भिडियाेकाे छायांकन र सम्पादन संगाेग जंग बिष्ट ले गरेका छन् ।
Discussion about this post