काठमाडौं – गायिका विष्णु माझी र गायक सन्जय फ्राउनफिल्डरको आवाजमा ‘हाँसेको मायालु’बोलको लोकदोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ।
कुमार परियार ‘धादिङे’को शब्द रहेको गीतमा आयुष परियारको संगीत छ। गीतका एरेञ्जर भने बिनोद बाजुराली हुन्। सार्वजनिक गीतको भिडियोमा मोडल लोमश शर्मा, पुजन घिमिरे र रितु तामाङको अभिनय रहेको छ।

गीतको भिडियोलाई शिव वि.क.ले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। शम्भु चालिसेको छायांकन रहेको भिडियो सम्पादनको जिम्मेवारी विकास धमलाले निर्वाह गरेका छन्। भिडियो एसएफ आर ईन्टरटेन्मेन्टको युट्युब च्यानलमा सार्वजनिक छ।
Discussion about this post