गायक जगदिश समाल र जुनु राईको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । नारयण सुबेदी ‘आभाष’ को शब्द संगीत रहेको ‘तिम्रै लागि भनेर’ गीत हालै युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।
गीत सुन्दा निकै मज्जा आउँछ ।
गीतको म्युजिक भिडियोको निर्देशन केदार घितालले गरेका छन् । भिडियोमा दुर्गेश थापा, नग्मा श्रेष्ठ, सारदा गिरीको अभिनय देख्न सकिन्छ । भने अतिथी कलाकारको रुपमा हेमन्त पौडेल र अन्जना छन् । भिडियोमा दुर्गेश र नग्माको केमेष्ट्रि लोभलाग्दो छ । अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको भिडियोलाई नबिन निरौलले सम्पादन गरेका छन् ।
Discussion about this post