Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

चीनबाट फैलिएको प्राणघात भाइस कोरोना (कोभिड–१९) पछिल्लो समय खाडीमुलुकमा पनि महामारीका रुपमा फैलिन थालेको छ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१६ फाल्गुन २०७६, शुक्रबार ०७:४७
in अन्य, देश, प्रवास, संघ, समाचार, समाज
0
चीनबाट फैलिएको प्राणघात भाइस कोरोना (कोभिड–१९) पछिल्लो समय खाडीमुलुकमा पनि महामारीका रुपमा फैलिन थालेको छ।
93
SHARES
404
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चीनबाट फैलिएको प्राणघात भाइस कोरोना (कोभिड–१९) पछिल्लो समय खाडीमुलुकमा पनि महामारीका रुपमा फैलिन थालेको छ। खाडीमुलुकमा उल्लेख्य संख्यामा नेपालीहरु रोजगारी तथा व्यवसाय गरेर बसेका छन्।

अहिेलसम्म नेपाली कार्यररत रहेका खाडी देश कुवेत, बहराइन र ओमनमा यसका संक्रमित बिरामी भेट्एिका छन्।

कुवेत

खाडीमा सबैभन्दा बढि संक्रमित कुवेतमा देखिएका छन्। कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ४३ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। कुवेतमा गएको सोमबार इरानको मशहदबाट फर्किएकाहरुको परीक्षणको क्रममा पहिलो पटक तीन जनामा संक्रमण भेटिएको थियो। बिहीवार सम्म आइपुग्दा संक्रमितको संख्या ह्वात्तै बढेर ४३ पुगको हो।

सार्वजानिक कार्यहक्रमहरुमा भिडभाड हुने भएकाले कोरोना फैलने जोखिम रहेको भन्दै सरकारले मंगलबार र बुधवार हुने राष्ट्रिय दिवसका कार्यक्रम स्थगित गरेको थियो। कुवेत सरकारको मन्त्रिपरिषद्ले राष्ट्रिय दिवस र स्वतन्त्र दिवसको अवसरमा छुट्टी मनाउन लागिएका सबै उत्सवहरू रद्द गराएको थियो।

त्यस्तै सार्वजानिक रुपमा सभा, गोष्ठी, बैठक, खेलकुद प्रतियोगिता लगायतका कार्यक्रमहरु गर्न पूर्ण रोक लगाएको छ। पूर्र्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गरिएका छन्। आगामी मार्च १२ तारिखसम्मका लागि स्कुल र कलेजसमेत पूर्ण रुपमा बन्द गरिएको छ। त्यस्तै १२ जना भन्दाबढी एकै ठाउँमा भेला हुन् समेत निषेध गरिएको छ। सरकारले दिएको निर्दैशन उल्लंघन गरेमा १ हजार कुवेती दिनार (नेपाली करिव ३ लाख ७५ हजार ) जरिवाना र जेलसजाय समेत हुने भएको छ।

गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसीले कोरोनाले कुवेतका शहरहरु सुनसान भएको बताएका छन्। दिनप्रति दिन संक्रमितको संख्या बढेपछि कोरोनाको त्रासमा मानिसहरु घरभित्रै सिमिति हुन थालेको उनले जानकारी दिए।

‘संक्रमणको दर प्रत्येक दिन बढ्दै गएपछि यहाँ त्रास छाएको छ। महामारी हुन सक्ने आशंकामा सरकारले बच्नका लागि भरपूर प्रत्यन्त गरिरहेको छ,’ अध्यक्ष केसीले भने, ‘अहिले शहरहरु सुनसान हुँदै गएका छन्। रोड पनि खाली खाली देखिन थालेका छन्।’

कुवेतमा करिब ७५ हजार देखि ९० हजारको हाराहारीमा नेपालीहरु रोजगारीका लागि पुगेका छन्। त्यहाँ नेपालीहरुले निर्माण, होटल, रेष्टुरेण्ट, मार्केट लगायतका क्षेत्रमा काम गर्छन्। त्यस्तै हजारौँ नेपाली महिलाहरु त्यहाँ घरेलु कामदारका रुपमा कार्यरत छन्।

अध्यक्ष केसीले हालसम्म कोही पनि आप्रावासी कामदारहरु संक्रमित नभएको बताए। ‘यहाँको स्वास्थ्य मन्त्रालयले हालसम्म कोही पनि नेपाली तथा आप्रावासी कामदारमा यसको संक्रमण नभएको बताएको छ। नेपालीहरुमा केहि डर छ। डर लाग्नु स्वाभाविक हो,’ उनले भने, ‘तर, अहिले नै के गर्ने, कसो गर्ने भनेर आत्तिनु पर्ने अवस्था छैन। सजक रहन जरुरी छ।’

कुवेतस्थित नेपाली राजदूतावासका राजदूत दुर्गा प्रसाद भण्डारीले पनि हालसम्म कुवेतमा रहेका सबै नेपाली सुरक्षित रहेको जानकारी दिए। ‘हालसम्म यहाँको मन्त्रालयबाट ४३ जना संक्रमित रहेको भन्ने जानकारी आएको छ। आप्रावासी कुनै पनि कामदारहरुमा संक्रमण देखिएको छैन,’ राजदूत भण्डारीले डिसी नेपालसँग टेलिफोनमा भने, ‘सुरक्षाका लागि यहाँको सरकारले हरदमको प्रयास गरेको छ। यो बेला उच्चतम सतर्कता अपनाउने बेला हो। दूतावासबाट पनि यहाँ रहेका नेपालीहरुलाई सजक रहन हामीले सूचित गरिरहेका छौँ।’

बहराइन

बहराइनको स्वास्थय मन्त्रालयका अनुसार हालसम्म ३३ जनामा यसको संक्रमण देखिएको छ। सोमबार इरानको यात्राबाट फर्केका एक बहराइनी नागरिकमा पहिलो पटक कोरोना संक्रमण भेटिएको थियो। तीन दिनको अन्तरालमै भाइरस संक्रमितको संख्या एक्कासी बढेर ३३ पुगेको छ। संक्रमित मध्ये प्रायःजसो इरानबाट फर्केकाहरु छन्।

कोरानाले उग्ररुप लिएपछि त्यहाँको सरकारले उच्च सतर्कता अपनाउन थालेको छ। संक्रमणको प्रकोपलाई फैलन नदिन बहराइन सरकाले २ हप्ताका लागि स्कुल, कलेज बन्द गराएको छ। त्यस्तै सार्वजानिक कार्यक्रम गर्न समेत रोक लगाएको छ।

प्रकोपले महामारीको रुप लिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै बहराइन सरकारले प्रभावित मुलुकबाट आउने उडानहरुमा समेत प्रतिवन्ध लगाएको छ।
बहराइनमा १५ हजारदेखि २० हजारको हाराहारीमा नेपाली रोजगारीका लागि पुगेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनका उपाध्यक्ष प्रेम क्षेत्रीले कोरोनाले बहराइनको जनजीवनलाई प्रभावित पार्न थालेको बताए। ‘कोरोना बहराइनमा फैलिएपछि यसले बहराइनको जनजीवनमा प्रभाव पार्न थालेको छ। संक्रमण तीव्र गतिमा फैलिएपछि यहाँको सरकारले सबैलाई उच्च सतर्कता अपनाउन भनेको छ। स्कुल, कलेज बन्द गराएको छ’, उनले भने।

उनले अहिलेसम्म नेपालीहरुमा यसको संक्रमण नदेखिएको बताए। उनले संक्रमितको संख्या बढ्दै गएपछि त्यहाँ कार्यरत नेपालीहरु पनि केही डराउन थालेको बताए। ‘कोरोनाले गर्दा पुरै देशका मान्छेहरु आत्तिएका छन्। यहाँ रहेका नेपालीहरुमा पनि अलिकति डर त हुने नै भयो,’ क्षेत्रीले भने, ‘हालसम्म नेपालीमा यसको संक्रमण देखिएको छैन। यहाँ रहेका संघसंस्थाहरुले कसरी बच्ने भन्ने बारेमा सबैलाई विभिन्न माध्यमबाट जनचेतना जोगाइरहेका छौँ।’

सतर्कता अपनाउन नेपाली दूतावासको अनुरोध

संक्रमितहरु दिनानुदिन बढन थालेपछि मनामास्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै बहराइनको स्वास्थ्य मन्त्रालयबाट कोभिड–१९ को संक्रमणबाट नेपालीहरूलाई सजग र सचेत रहन अनुरोध गरेको छ।

दूतावासले यसको लक्षणका कुनै शंका लागेमा बहराइनको स्वास्थ्य मन्त्रालयको टोल फ्रि नम्बर ४४४ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ।

ओमन

ओमनमा दुई जनामा यसको संक्रमण भेटिएको छ। ओमनको स्वास्थ्य मन्त्रालयले सोमबार दुई जना महिलामा यसको संक्रमण पुष्टि भएको जनाएको छ। कोरोना पोजेटिभ देखिएका ती महिलाहरु इरानको यात्रा गरेर फर्केका थिए।

त्यस्तै संकास्पद २ सय ५० जनाको विशेष निगरानीमा उपचार भैरहेको छ । ओमनका स्वास्थ्यमन्त्री डा अहमद बिन मोहम्मद अल सईदीले भने कोरोनाभाइरसबाट प्रभावित देशहरूबाट आएका २ सय ५० भन्दा बढी शंकास्पद मानिसहरूलाई क्वारेन्टाइनमा राखेर विशेष उपचार गरिएको बताएका छन्।

ओमनमा करिब २० हजार नेपाली कार्यरत छन्। ओमनमा कार्यरत नेपाली युवा राजेश महर्जनले ओमनको अवस्था सामान्य नै रहेको जानकारी दिएका छन्। ‘यहाँको अवस्था सामान्य नै छ। संक्रमित र संकास्पद केहकिो विशेष निगारानीमा उपचार तथा चेकजाँच भैरहेको छ। आत्तिनु पर्ने अवस्था छैन,’ उनले भने।

साभार :- www.dcnepal.com

Previous Post

राहुल र समिताको युगल गीत

Next Post

कोरोना भाइरस बिश्व भर फैलदै यस्बाट बच्न नेपालीको तयारी पुगेन ! यसरी फैलेदै कोरोना

Next Post
कोरोना भाइरस बिश्व भर फैलदै यस्बाट बच्न नेपालीको तयारी पुगेन ! यसरी फैलेदै कोरोना

कोरोना भाइरस बिश्व भर फैलदै यस्बाट बच्न नेपालीको तयारी पुगेन ! यसरी फैलेदै कोरोना

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal