काठमाडौं, फागुन १५ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै त्रसित छ । बिश्व भरी फैली रहेको यो भाईरस ले जन मानस मा भया भह त्रास फैलाई रहेको छ। यूरोपका विकिसित भनिएका कतिपय देशहरु कोरोना भाइरसबाट आक्रान्त बनेका छन् । यो रिपोर्ट तयार पार्दासम्म विश्वका ४७ देशका ८२ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । कोरोना भाइरसककै कारण चीनमा मात्र दुई हजार ७ सय ४४ जनाले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै चीन बाहेक इरानमा १९ जना, इटाली र दक्षिण कोरियामा १२/१२ जना, जापानमा ७ जना, हङकङ र फ्रान्समा २/२ जना र ताइवान र फिलिपिन्समा १/१ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरस विश्वमा तीव्र रुपमा फैलिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । गत मंगलबार चीनमा ४११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, भने चीनबाहिरका अन्य देशहरुमा ४२७ जना संक्रमित भएका छन् ।यस भाइरसबाट विशेष सुविधा भएका एम्बुलेन्स, अस्पताल र दक्ष चिकित्सक भएका देशहरुमा पनि मानिसको ज्यान जान थालेपछि विश्वमा यसको त्रास बढ्दो छ ।
नेपालमा जोखिम र पूर्व तयारी कस्तो छ ? कोरोना भाइरस (कोभिड १९) चीनको वुहानमा फैलिएसँगै स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, इमर्जेन्सी हेल्थ अपरेशन सेन्टरले कोरोना भाइरस हुन नदिन पूर्व तयारी गर्ने र जनचेतना फैलाउने काम गरिरहेको छ ।
गत डिसेम्बर ३१ देखि चीनमा कोरोना भाइरस संक्रमण फैलिएको एक सातापछि स्वास्थ्य मन्त्रालयले विमानस्थलमा रहेको हेल्थ डेस्कलाई शसक्त बनाएको बताएपनि अन्तर्राष्ट्रिय विमानस्थलबाट विना चेकिङ मानिसहरु बाहिर आइरहेका छन् । अधिकारीहरुका अनुसार थर्मल स्क्यानर मेसिन जडान गरि सबै हवाई यात्रुको फेस अटोमेटिक रूपमा डिटेक्ट गरी ज्वरो परीक्षण गरिन्छ । परीक्षण गर्दा ज्वरो आएका बिरामी र बिशेषगरी चीनको वुहानबाट आएकाको ज्वरो आएका बिरामीलाई टेकुको शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा राख्ने प्रबन्ध मिलाइएको छ ।
हालसम्म १४ जना शंकास्पद बिरामी शुक्रराज अस्पतालको आइसोलेसनमा बसेर कोरोना भाइरसको संक्रमण नदेखिएपछि घर फर्किइसकेका छन् । कोरोना संक्रमणको शंका लागेका बिरामी राख्न हाल वीर, पाटन, शुक्रराज अस्पताललगाएत देशभरका ३६ वटा अस्पतालमा १ सय ४७ वटा आइसोलेसन बेड तयार गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Discussion about this post