Date
बुध, जेष्ठ १०, २०८०
Wed, May 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनाको नेपाल नर्सिङ संघ बाँकेले निन्दा गरेको छ ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१४ जेष्ठ २०७८, शुक्रबार २३:१४
in अन्य, देश, पत्रपत्रिका, प्रदेश नं ५, प्रहरी-प्रशासन, फोटो फिचर, भिडियो, समाचार, स्थानीय सरकार, स्वास्थ्य
0
भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनाको नेपाल नर्सिङ संघ बाँकेले निन्दा गरेको छ ।
22
SHARES
96
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनाको नेपाल नर्सिङ संघ बाँकेले निन्दा गरेको छ । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले विहीबारराती कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङस्टाफ तथा स्वास्थ्यकर्मीलाई लखेटी लखेटी आक्रमण गरेका थिए ।

उनीहरुको आक्रमणबाट ज्यान जोगाउन डा चन्द्रप्रकाश शाहु, नर्सहरु सदिक्षा गैरे बन्दना श्रेष्ठ र आश्वीन गुरुङले पहिलो तलाबाट हाम्फालेर ज्यान जोगाउनुभएको थियो । आफ्नो ज्यानको बाजी लगाएर कोभिड विरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको नर्सिङ संघ बाँकेले निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ ।

संघका बाँके अध्यक्ष लक्षमी केसी ओलीले आज विहान विज्ञप्ती जारी गरिएको विज्ञप्तीमा भनिएको छ-‘बिरामीको सेवामा निस्वार्थ भावले अनवरत लागी रहेका चिकित्सक, नर्सिङकर्मी र आम स्वास्थ्यकर्मी माथि भएको सांघातिक अपराधजन्य घोर निकृस्ठ घटनाको नेपाल नर्सिङ संघ बाँँके भत्सर्ना गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको छ।

निरन्तर श्रृंखलाबढ ढंगले शक्तिको आडमा वा अन्य समुहबाट हुने यस्ता अपराधजन्य प्रवृत्तिका घटनामा संलग्न दोषि ब्यक्ति वा समुहलाई अबिलम्ब नियन्त्रणमा लिइ कडाभन्दा कडा कार्बाहि गर्न र आगामी दिनमा शान्ति पुर्ण बाताबरणमा निर्भीकका साथ स्वास्थ्यकर्मीलाई काम गर्ने बाताबरण मिलाउन नेपाल सरकार र स्थानीय प्रशासन समक्ष हामी जोडदार माग गर्दछौं ।’

भेरी अस्पतालमा बिरामीको सेवामा यो कोरोना महामारीको कहरमा जिवनलाइ समेत हत्केलामा राखी सेवारत जनस्वास्थ्यकर्मी माथि भएको सांघातिक आक्रमणका दोषीहरुलाइ कार्बाही र सुरक्षाको प्रत्याभूतिका लागि राती अबेर सम्म भएको छलफल टुंगोमा नपुगेको भन्दै बांँके जिल्लाभरका नर्सिङकर्मीहरु, आम स्वास्थ्यकर्मी र चिकित्सकलाई आज विहान ८ बजे भेरी अस्पतालको प्राङ्गणमा भेला हुन पनि उहाँले विज्ञप्तीमार्फत आग्रह गर्नुभएको छ ।

कोभिड संक्रमित दाङका डिल्ली रावतको उपचारका क्रममा विहीबारराती ८ बजे मृत्यु भएको थियो । विरामीका आफन्तहरुले चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाएका छन् । त्यही आक्रोसमा उनीहरुले आइसीयूमा प्रवेशगरी तोफोड गर्नेदेखि स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए ।

घटनाको छानविन गर्न स्थानीय प्रशासनले मध्यराती सहयाक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानविन समिति बनाएको छ । प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका तीनजना मध्ये दुईजना डिल्लीका छोरा र एकजना भाइ रहेको खुलेको छ । साभार : swasthyapage.com बाट

VIDEO HERE :- https://fb.watch/5MU2UZPx08/

Previous Post

अमेरिकामा ‘ओभर डोज’ प्रिमियर गरिदै

Next Post

वरिष्ठ गयाक तथा संगीतकार दिप श्रेष्ठ अस्पातल भर्ना

Next Post
वरिष्ठ गयाक तथा संगीतकार दिप श्रेष्ठ अस्पातल भर्ना

वरिष्ठ गयाक तथा संगीतकार दिप श्रेष्ठ अस्पातल भर्ना

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal