हिमालय एयरलाइन्सले साउदी अरबको दमामबाट यही मिति ३० जुन २०२० को राति दमाम-काठमाडौँ उडान गर्ने भएको छ । उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्रथमिकताका आधारमा राजदूतावासद्वारा तयार गरी हिमालय एयरलाईन्सको दम्मामस्थित कार्यलयमा पठाइएको छ ।उक्त सूचि यसै सूचनामा समेत संलग्न छ । सम्पुर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ ।
राजदूतावासबाट यस अघि विभिन्न मितिमा प्रकाशित गरेका सूचिमा नाम परेका तर हालसम्म स्वदेश फर्की नसकेकाहरु स्वदेश नफर्किँदासम्म प्राथमिकता सूचिमै रहने सम्बन्धित यात्रु तथा एयरलाईन्सलाई जानकारी गराइन्छ ।

हवाई भाडा दर: अमेरिकी डलर 465 (साउदी रियाल करिब १७४४.००)
हवाई टिकटको लागि हिमालय एयरलाईन्सको दम्मामस्थित प्रतिनिधि श्री सुवास तिमिल्सिना, टेलिफोन नं +00966 598400198 ईमेल ठेगाना: subash.timilsina@himalaya-airlines.com मा सम्पर्क गरी टिकट बुकिङ गरेपछि मात्र कोभिड-१९ टेष्ट गर्नुहोला । अन्य विषयमा कुनै सहयोग आवश्यक भएमा यस राजदूतावासका जनसम्पर्क अधिकारी श्री हरि घिमिरे (Mob. No. 0500081536) लाई सम्पर्क गर्नुहुन समेत अनुरोध छ।
COVID-19 को परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्नुहुन र सो समेत सम्भव नभएमा परीक्षणका लागि निम्न स्थानमा सम्पर्क गर्नु हुन अनुरोध छ ।
Dammam
Health Care Polyclinic (CR No. 2050110244)
Rihan Hajiameen, Operation Manager
Address: 17th Street Al-Souq, Opp to Islamic Dawah Center,
Dammam 32242 KSA
परीक्षण शुल्क: SAR 160.00
Jubail
Gulf Asian Medical Center
(Department of Laboratory Medicine)
Email: info@gulfasianhealthcare.com
Website: www.gulfasianhealthcare.com
Address: King Abdulaziz Road, P.O.box1714,
Jubail City 31951, KSA
परीक्षण शुल्क: SAR 132.00
• यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने छ ।
• स्वदेश फर्किने सबैजनाले काठमाडौँ विमानस्थलमा कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनी कागजातमा हस्ताक्षर गर्नुपर्ने छ ।









Discussion about this post