चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ । धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र को ट्रेलर बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो । ट्रेलर हेर्दा परिवार भित्रको राजनीतिको कथा भन्न् खोजिएको अनुमान लगाउन सकिन्छ ।
चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, राजाराम पौडेल लगायतलाई देखाइएको छ ।

चलचित्रलाई रामबाबुले निर्देशन गरेका हुन । भने चलचित्रमा कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको छ् । शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको समपादन, राजनराज सिवाकोटी, शंकर थापा, सुशान्त गौतम र कालिप्रसाद बाँस्कोटाको चलचित्रमा संगीत रहेको छ ।
यो चलचित्र फागुणको ९ गतेबाट प्रदर्शनमा आउँदै छ ।
Discussion about this post