गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘भन्देउ मायाले’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डी पी खनालको शब्द र विश्व अधिकारीको संगीत र एरेन्जमेन्ट रहेको गीतको भिडियोमा नयाँ डान्सग्रुप फ्युचर क्रु र अन्जिता कंडेललाइ फिचारिंग गरिएको छ प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।

फ्युचर क्रु चितवनमा रहेर विभिन्न सांगीतिक कार्यक्रमहरुमा नृत्य गर्दै आइरहेको चितवनको लोकप्रिय समूह हो एक कार्यक्रमको सिलसिलामा निर्देशक प्रहिल कार्की चितवन जादा उनीहरुको प्रस्तुतीबाट प्रभावित भै उनीहरुलाई काठमान्डौ बोलाई म्युजिक भिडियोमा अवसर दिएका हुन्

भने लामो समयदेखि प्रवासमा रहेर नेपाली गीतसंगीतमा निरन्तर रुपमा अगाडी बढिरहेका यूरोप निवासी गायक तुलसी सिवाकोटीले युरोपको हरेक देशमा मात्र नभएर यूरोप बाहिर रहेका बिभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिसकेका छन ।
यसअघि करिब दुइ दर्जन भन्दा बढी गीत बजारमा ल्याइसकेका गायक सिवाकोटीको ‘हे माया’ ,’तिम्रो मेरो प्रेम कहानी’, ‘म त मान्छे सिधा साधा’ ,‘प्यारी छोरी न बचाउन सके’ जस्ता गीतहरु लोकप्रिय छन् । पार्श्व गायनमा समेत आफ्नो स्वर दिइसकेका गायक सिवाकोटीको देश तथा बिदेशमा गरिने कार्यक्रममा प्रस्तुति निकै दमदार रहने गरेको छ ।
Discussion about this post