सौगात मल्ल, बुद्दि तामाङ, दिया पुनको मुख्य भूमिका रहेको चलचित्र ‘मन्त्र’को फर्स्टलुक पोस्टरसहित रिलिज मिति घोषणा भएको छ् । चलचित्र यही बर्षको माघ २८ गते बाट देशभर सार्वजनिक प्रदर्शनमा आउने भएको छ। गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लिको ब्यानरमा बनेको चलचित्रलाई खिल बहादुर गुरुङले निर्देशन गरेको चलचित्र हो । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको सिनेमालाई साम्तेन भुटियाले लेखेको हुन भने सिनेमामा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।
Discussion about this post